कालिकोटमा जिल्ला स्तरीय बाल भेला सुरु

हस्त चौलागाईं 
२कालिकोट ,२६ पुस।
कालिकोट जिल्लामा जिल्ला स्तरीय बाल भेला सुरु भएको छ । भेला २०८२ साल पौष २६ र २७ गतेसम्म सञ्चालन हुनेछ । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल) कालिकोटको आयोजनामा तथा किर्डाक नेपाल र सादा नेपालसँगको सहकार्यमा जिल्ला स्तरीय बाल भेला सुरु गरिएको हो । प्लान इन्टरनेशनल नेपाल / सशक्त बालिका परियाेजनाकाे सहयाेगमा जिल्ला स्तरिय बाल भेला शुरु भएकाे हाे
जिल्ला स्तरीय बाल भेलामा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहबाट बालबालिकाको सहभागिता रहेको छ । साथै कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता छ ।

कार्यक्रममा हुरेन्डेक नेपालका उपाध्यक्ष खडानन्द अधिकारीले शुभकामना मन्तव्य राख्दै बाल भेलाले बालबालिकालाई आफ्ना अधिकार, कर्तव्य र जिम्मेवारीबारे सचेत गराउने महत्वपूर्ण अवसर प्रदान गरेको बताए । उनले बालबालिकाको सहभागिताले नीति निर्माण र स्थानीय विकास प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेकाे बताएका छन् ।
उपाध्यक्ष अधिकारीले बालबालिकाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सुरक्षित भविष्य निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताउँदै आयोजक, सहकार्य संस्था तथा सहभागी बालबालिकालाई सफल कार्यक्रमको शुभकामना व्यक्त गरेका छन् ।

बाल भेलाले बालबालिकाको अधिकार, आवाज र सहभागितालाई उजागर गर्ने अवसर प्रदान गरेको छ । बालमैत्री समाज निर्माणका लागि सञ्चारमाध्यमले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ भन्ने भनाई नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टकाे छ ।

बाल भेलाले बालबालिकालाई आफ्ना अधिकार र जिम्मेवारीबारे सचेत गराउँदै उनीहरूको आवाजलाई नीति निर्माणसम्म पुर्‍याउन पुुगााउन आबश्यक रहकाे प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुँयल बताए ।

जिल्ला स्तरीय बाल भेलाले बालबालिकालाई आफ्ना अधिकार, कर्तव्य र जिम्मेवारीबारे सचेत गराउँदै उनीहरूको नेतृत्व क्षमता र सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताईन् । बालबालिकाका आवाजलाई नीति तथा योजना निर्माण प्रक्रियासम्म पुर्‍याउन यस्ता कार्यक्रम आवश्यक रहेकाे हुरेन्डेक नेपाल कालिकाेटका अध्यक्ष गौरी कुमारी शाहीले बताईन् ।

कार्यक्रमको सभाअध्यक्षता हुरेन्डेक नेपालकी अध्यक्ष गौरी कुमारी शाही तथा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयँलको उपस्थिति रहेको थियो । बाल भेलाले बालअधिकार, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
बालभेला कार्यक्रमकाे संचालन हुरेन्डेक नेपाल कालिकाेद्वारा संचालित आर एन डब्लु आईपी
परियाेजना संयाेजक सुर्य बहादुर राेकायाले गरेका हुन ।

कालिकोटमा जिल्ला स्तरीय बाल भेला सुरु

बाँकेमा चिसोले मर्न थाले मौरी

कालिकोटमा जिल्ला स्तरीय बाल भेला सुरु

जन्मदिनको अवसरमा न्यानाे काख सेवा समाजलाई खाद्यान्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds