जुम्लामा निर्वाचन सुरक्षाका लागि ठूलाे संख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

काली बहादुर परियार
जुम्ला,२५ पुस ।

आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जुम्ला जिल्लामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति जुम्लाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि म्यादी प्रहरी भर्ना सम्बन्धी एकीकृत सूचना सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचना अनुसार जुम्ला जिल्लामा नेपाल प्रहरीतर्फ ५७८ र सशस्त्र प्रहरी बल, नेपालतर्फ ९६ गरी जम्मा ६७४ जना निर्वाचन प्रहरी भर्ना गरिने छ । निर्वाचनको शान्ति सुरक्षा मजबुत बनाउन स्थानीय युवालाई प्राथमिकतामा राख्दै भर्ना प्रक्रिया अघि बढाइएको निर्वाचन प्रहरी भर्ना छनाेट तथा नियुक्ति समितिका सदस्य सचिव मीन बहादुर रावलले जानकारी दिए ।

उनका अनुसार, भर्नाका लागि इच्छुक नेपाली नागरिकले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने योग्यता तोकिएको बताए।

पुरुष र महिलाका लागि न्यूनतम उचाइ तथा तौल सम्बन्धी मापदण्ड पनि निर्धारण गरिएको छ । दरखास्त फाराम २०८२ पुस २५ गते देखि माघ १ गते सम्म जिल्ला प्रहरी कार्यालय जुम्ला वा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेडक्वार्टर त्रिपुरा जुम्ला बाट प्राप्त तथा बुझाउन सकिने सूचनामा उल्लेख छ ।

छनोट प्रक्रिया अन्तर्गत शारीरिक परीक्षण, लिखित तथा अन्तर्वार्ता परीक्षा सञ्चालन गरिने सदस्य सचिव रावलकाे भनाइ छ । छनोट भएका निर्वाचन प्रहरीलाई तालिम पछि निर्वाचन अवधिभर परिचालन गरिनेछ । उनीहरूले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको निर्देशनमा मतदान केन्द्र सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थल सुरक्षा तथा निर्वाचन सम्बन्धी अन्य जिम्मेवारी सम्हाल्ने उनकाे भनाइ छ ।

सेवा अवधिमा म्यादी प्रहरीलाई प्रतिदिन तलब, खाजा खर्च, पोसाक र अन्य सेवा सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ। निर्वाचन सफल, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै समितिले योग्य युवालाई अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।

सूचना अनुसार म्यादी प्रहरी भर्नाका लागि छनोट प्रक्रिया २०८२ माघ ५ गते देखि माघ १० गते सम्म सञ्चालन हुने छ । छनोट प्रक्रिया बाट सफल उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने छ । त्यसपछि छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ गते देखि माघ २४ गते सम्म तालिम प्रदान गरिने जनाइएको छ ।

तालिममा सार्वजनिक बिदाको दिन समेत समावेश गरिने सूचनामा उल्लेख छ । निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मिति देखि अधिकतम ४० दिन रहनेछ र ४० दिनकाे विभिन्न सेवा सुविधा पाउनुका साथै ३४ हजार ७ सय ७६ रूपैयाँ पाउने सुचनामा उल्लेख गरिएको छ ।

स्थानीय स्तरमै रोजगारीको अवसर सृजना हुनुका साथै निर्वाचन सुरक्षामा नागरिकको प्रत्यक्ष सहभागिता बढ्ने भएकाले निर्वाचन प्रहरी भर्ना प्रक्रिया जुम्लावासीका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

जुम्लामा निर्वाचन सुरक्षाका लागि ठूलाे संख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

सम्पादकीय : राष्ट्रियसभा निर्वाचनको सन्देश ! 

जुम्लामा निर्वाचन सुरक्षाका लागि ठूलाे संख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

विचार :  नेपाल र कोरियाबीच सम्बन्धका एक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds