प्रदेश सभापति ललितजंग शाहीविरुद्ध :जुम्ला कांग्रेस

गाेल्डेन बुढा

जुम्ला,२४ पुस।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह जिल्लामै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष सतहमा आएको छ। जुम्लाका २६ महाधिवेशन प्रतिनिधिमध्ये १९ जना विशेष महाधिवेशनको माग गर्दै उपसभापति कार्मा बुढाको नेतृत्वमा बिहीबार काठमाडौंतर्फ प्रस्थान गरेका छन्।गाडी रिजर्भ गरेर राजधानी पुगेका ती प्रतिनिधिहरूले यसअघि नै विशेष महाधिवेशनको मागसहित हस्ताक्षर गरिसकेका थिए। जुम्ला प्रदेश (क) का सभापति लछिमान बोहोरा, प्रदेश (ख) का कार्यवाहक सभापति कालीबहादुर बुढा, जिल्ला कार्यसमिति सचिव अर्जुनसिंह कठायतलगायतको टोली राजधानी गएको हो।उपसभापति बुढाका अनुसार जुम्लाबाट विशेष महाधिवेशनको पक्षमा स्पष्ट बहुमत देखिएको छ। “२६ मध्ये १९ जनाले हस्ताक्षर गरिसकेका छन्, त्यो नै जुम्ला कांग्रेसको वास्तविक धार हो,” उनले भने।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई विधि, विधान र राजनीतिक गतिशीलतामा फर्काउन पुस २७–२८ मा विशेष महाधिवेशनको औपचारिक आह्वान गरिरहेका बेला जुम्लाबाट देखिएको यो कदमले केन्द्रीय नेतृत्वलाई थप दबाबमा पारेको छ।

तर पार्टी नेतृत्वको निर्देशनमा केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै निहित रहेको भन्दै चेतावनीयुक्त विज्ञप्ति जारी गरिसकेको छ। यसले पार्टीभित्रको द्वन्द्व अब औपचारिक टकरावतर्फ उन्मुख भएको संकेत गरेको छ।सबैभन्दा रोचक पक्ष के छ भने जुम्ला कांग्रेस कर्णाली प्रदेश सभापति शाहीको आफ्नै गृह जिल्ला हो। नियमित महाधिवेशनको पक्षमा सार्वजनिक अपिल गर्दै आएका शाही आफ्नै जिल्लाका नेता–कार्यकर्तालाई समेत मिलाउन नसकेको अवस्था देखिएको छ।शाही यसअघि पनि जुम्लामै राजनीतिक धक्का खाइसकेका छन्। २०७९ को प्रदेशसभा निर्वाचनमा जुम्ला प्रदेश ‘क’ बाट उम्मेदवार बनेका उनलाई कांग्रेसकै विद्रोही देवेन्द्रबहादुर शाहीले पराजित गरेका थिए। कांग्रेसको रुख चिन्ह त्यागेर धाराको चिन्ह लिएर मैदानमा उत्रिएका देवेन्द्र शाहीले ९ हजार ६ सय ५४ मत ल्याउँदै १ हजार ८ सय ९९ मतान्तरको स्पष्ट जित निकालेका थिए।शाही भने ७ हजार ७ सय ५५ मतमै सीमित भएका थिए।यस्तै स्थानीय तहको चुनावमा पनि जुम्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा पनि धाेका भएको थियो।ललितजंग निकटका मेयर पदमा प्रतिस्पर्धा उम्मेदवार पदमबहादुर शाही थिए।भने, स्वतन्त्र उम्मेदवार धाराे चिन्ह लिएर उठेका राजुसिंह कठायतले जितेका थिए।शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काका विश्वासपात्र मानिने शाहीको राजनीतिक पकड कमजोर बन्दै गएको संकेत अहिलेको घटनाक्रमले दिएको छ।

गृह जिल्लामै नेतृत्वविरुद्ध बहुमत देखिनु केवल संगठनात्मक असफलता मात्र होइन, देउवा नेतृत्वप्रतिको असन्तोषको प्रत्यक्ष अभिव्यक्ति पनि हो।जुम्लाबाट सुरु भएको यो असन्तोष अब कर्णाली हुँदै केन्द्रीय राजनीतिमा कति ठूलो तरंग पैदा गर्छ, कांग्रेस नेतृत्वका लागि त्यो अब टार्न नसकिने प्रश्न बनेको छ। क्याप्सन: गाडी रिजव गरेको तस्बिर : पार्टी सचिव अर्जुनसिंह कठायत

प्रदेश सभापति ललितजंग शाहीविरुद्ध :जुम्ला कांग्रेस

यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव

प्रदेश सभापति ललितजंग शाहीविरुद्ध :जुम्ला कांग्रेस

सम्पादकीय : राष्ट्रियसभा निर्वाचनको सन्देश ! 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds