भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी,२१ माघ।
बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका वडा न-५ को चमखाली खेलमैदानमा सञ्चालन भइरहेको तालिम सकेर फर्किने क्रममा मङ्गलवार राती साढे ८ बजेको समयमा दशरथचन्द नगरपालिका वडा न-४ घर भएका ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको लडेर मृत्यु भएको हो ।
तालिम सकेर फर्किने क्रममा दशरथचन्द नगरपालिका वडा न-४ को खरकटे सल्लेरी भिरमा लडेर मृत्यु भएको हो ।
भिरबाट लडेका चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

हलो र घण्टी एउटै भन्दै भ्रम छर्ने

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दाङमा क्यान्सर रोकथाम र स्वास्थ्य परीक्षणमा जोड

Leave a comment

Your email address will not be published. Required fields are marked *