अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँची १३ असोज ।

अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप  ( फोर्स गाडी ) दुर्घटना हुँदा  दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् ।

सन्धिखर्क–ढोरपाटन सडक खण्डमा अर्घाखाँचीको सन्धिखर्कबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को  सो जीप  आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा  दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख  दिवस जिसीले जानकारी दिनुभयो ।  उहाँका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मृत्यु हुनेमा  गुल्मी मदाने गाउँपालिका.–६ पुर्कोटका वर्ष १० कि अरुणा थापा र   मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताउनुभयो । घाइतेको अर्घाखाँची  अस्पतालमा उपचार भैरहेको छ । एकजना  घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।

अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन

अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

भिसा रोकिँदा विदेशी मुलुकमा रहेका नेपाली समस्यामा,

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds