जुम्लाको गुठिचौरमा घोडा दौड प्रतियोगिता हुने 

जुम्ला, १३ असोज । 

यहाँको गुठिचौर गााउँपालिका–२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता हुने भएको छ । गुठिचौर–२ को आर्थिक सहयोग, कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा यही असोज १३ गते फूलपातीका दिन घोडा दौड प्रतियोगिता हुन लागेको हो ।

यहाँका घोडाको संरक्षण गर्नुका साथै पहिचान स्थापित गरी पर्यटन प्रवर्‌द्धनसँग जोड्ने उद्देश्यले पर्यटकीय क्षेत्र गुठिचौरमा तेस्रो पटक जुम्ली घोडाको प्रतियोगिता हुने गुठीचौर गाउँपालिका–२ का वडाध्यक्ष दिपबहादुर ऐडीले जानकारी दिए ।

दौड प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलार्ई रु १० हजार र तेस्रोलाई रु पाँच हजार राशि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुने घोडाको सङ्ख्या सोही निर्धारण गरिने उनले बताए । वडाध्यक्ष ऐडीका अनुसार अहिले दर्ताका लागि सूचना जारी गरिएको छ । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्‌द्धन गर्ने उद्देश्यले उक्त दौड आयोजना गरिएको उनको भनाइ छ ।

“घोडा दौड प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो । हरेक वर्ष दसैँको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता हुँदै आएको छ”, उनले भने । यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता हुँदै आएको थियो । विमानस्थल कालोपत्र भएयता घोडा दौड प्रतियोगिता गुठीचौरमा सञ्चालन हुँदै आएको गुठिचौर युवा क्लबले जनाएको छ ।

जुम्लाको गुठिचौरमा घोडा दौड प्रतियोगिता हुने 

सम्पादकीय : दशैँलाई भव्य र सभ्य बनाऔँ

जुम्लाको गुठिचौरमा घोडा दौड प्रतियोगिता हुने 

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds