जनमत पार्टीका नेता शेख पक्राउ

नेपालगञ्ज, १३ पुस ।

प्रहरीले बाँकेमा हुन्डीसम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ । शेखलाई पार्टीको कार्यक्रमका लागि कपिलवस्तु जाने क्रममा बाँकेको कुसुमबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनका अनुसार नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ, बालुवाटार काठमाडौँबाट प्राप्त जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन डुडुवा गाउँपालिका–६ सुब्बापूर्वाका ४० वर्षीय नेता शेखलाई पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक पातलीले अनुसन्धानका क्रममा रु चार करोड ९२ लाख ८४ हजार २९६ बराबरको शङ्कास्पद हुन्डीमार्फत अवैध आर्थिक कारोबार गरेको देखिएको बताए ।

केवाइसी विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबारबीच ठूलो अन्तर देखिएपछि उक्त गतिविधि हुन्डी तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित हुनसक्ने आशङ्कामा थप छानबिन आवश्यक ठानिएको प्रहरीले जनाएको छ ।

सोही मुद्दामा कोहलपुर नगरपालिका–१४ का विष्णु खटिकसमेत संलग्न रहेको आशङ्कामा समानान्तर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अध्ययनका क्रममा दुवै जनाको बैंक खातामा ठूलो रकमको कारोबार देखिएको र खातामा जम्मा हुने नगद रकम तुरुन्तै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति एवं संस्थामा रकमान्तर हुने गरेको फेला परेको प्रहरीको भनाइ छ ।

जनमत पार्टीका नेता शेख पक्राउ

कर्णालीमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’

जनमत पार्टीका नेता शेख पक्राउ

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास

Leave a comment

Your email address will not be published. Required fields are marked *