छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै 

बाँके, ११ कात्तिक ।
पश्चिम तराईको सहर नेपालगञ्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । मिथिलावासीले मनाउँदै आएको छठपर्वप्रतिको मोह नेपालगञ्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताए ।
“नेपालगञ्जमा ५/६ जनाबाट केही वर्षअघि सुरु भएको छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ”, पाठकले भने, “हाल करिब ७०० परिवारले बागेश्वरी तलाउमा निष्ठापूर्वक छठपूजा गर्दै आउनुभएको छ ।” छठको दिनमा पूजा गर्दा भक्तजनले मनमा चिन्तन गरेको मनोकाङ्क्षा पूरा भएकाले नेपालगञ्जमा  छठपर्व मनाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उनको भनाइ छ ।
पूर्वी तराईबाट कामको सिलसिलामा नेपालगञ्ज आएर बसेकाहरूले मात्र यो पर्व मनाउने गरे पनि पछिल्लो समय नेपालगञ्जका रैथाने र पहाडी मूलका नेपालीले समेत छठ मनाउन थालेको नेपालगञ्जका कानुन व्यवसायी विश्वजीत तिवारीले बताए । उनले छठ सबै नेपालीको साझा भइसकेको उल्लेख गरे ।
“पूर्वी तराईमा सीमित छठ नेपालगञ्ज क्षेत्रका बासिन्दाले समेत धुमधामका साथ मनाउन थालेपछि सामाजिक एवं धार्मिक सद्भावमा सहयोग पुगेको छ”, तिवारीले भने, “एकले अर्काको धर्म र संस्कृतिको सम्मान गरेकै कारण नेपालगञ्जमा अन्तरधार्मिक सद्भाव मजबुद छ ।”
पूर्वबाट आएकाहरूलाई साथ दिन र भगवानप्रतिको आस्था बढ्दै गएकाले छठ मनाउनेको सङ्ख्या बढेको तिवारीको भनाइ छ । नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा छठपूजा गर्नेको भीड लाग्ने गरेको छ ।
छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै 

अझै पाँच हजार कैदी कारागार बाहिरै

छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै 

जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds