पिस नेपाल–रुम टु रिडको सहयोगमा यशोधरा माविमा १६ दिने अभियानअन्तर्गत निबन्ध तथा वक्तृत्व प्रतियोगिता सम्पन्न

कपिलवस्तु ,११ मंसिर ।

“प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित सुरु गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कपिलवस्तु जिल्लाका ७ वटा विद्यालयमा विभिन्न कार्यक्रमसहित दिवस मनाइँदै छ। रुम टु रिड र पिस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यस अभियान अन्तरगत विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा लैङ्गिक समानता र हिंसा न्यूनीकरणबारे सचेतना बढाउने उद्देश्य राखिएको पिस नेपालका बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रम अधिकृत भोजसिङ खड्काले जानकारी दिनुभयो। नोभेम्बर २५ देखि सुरु भएको अभियान डिसेम्बर १० सम्म निरन्तर चल्ने छ।

अभियानको अवसरमा बिहीवार कपिलवस्तु नगरपालिकाको श्री यशोधरा माध्यमिक विद्यालयमा निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीबीच निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरी दिवस विशेष रूपमा मनाइएको छ।

निम्न माध्यमिक तहका (कक्षा ६ देखि ८) विद्यार्थीबीच “महिला हिंसा न्यूनीकरणमा विद्यार्थीको भूमिका” विषयमा प्रतियोगिता सम्पन्न भएको छ। १५ जना सहभागी रहेको प्रतियोगितामा मिना भुषाल, मिना आचार्य र माधुरी दुबे निर्णायक रहनुभएको थियो। प्रतियोगितामा कक्षा ६ की प्रेमकला मल्लाह प्रथम, कक्षा ७ की आरध्या यादव द्वितीय, कक्षा ८ की ज्योति यादव तृतीय तथा कक्षा ६ का सैफ नदाफ सान्त्वना हुनुभएको छ।

त्यस्तै, माध्यमिक तहमा “शिक्षित छोरी सुरक्षित समाज” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो भने निर्णायकमा मिना भुषाल, भागिरथ काफ्ले तथा सुरेन्द्र मल्लले मूल्यांकन गरेको उक्त प्रतियोगितामा कक्षा १० की रिता बढैई प्रथम, लक्ष्मी बनिया द्वितीय र सरस्वती मुराउ तृतीय हुनुभएको छ।

विद्यालयका प्रधानाध्यापक बिनोद गुप्ताले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई सक्रिय, सचेत र नेतृत्वलिन सक्ने बनाउन मद्दत गर्ने बताउनुभयो। उहाँले बालबालिका सशक्त भए मात्र सशक्त समाज निर्माण सम्भव हुने भन्दै उनीहरूलाई नेतृत्व विकास हुने गतिविधिमा निरन्तर संलग्न गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रम सञ्चालक शिक्षक विकास बन्जाडेले बिभिन्न दिवसका अवसर पारेर गरिने गतिविधिले विद्यार्थीमा आत्मविश्वास, उत्साह र प्रस्तुति कौशल बढाउने बताउनुभयो। विद्यालयकै शिक्षिका मिना भुषालले विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई अझै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

यस्तै कार्यक्रममा बोल्दै पिस नेपालकि उपाध्यक्ष लक्ष्मी तिवारीले १६ दिने अभियानको औचित्य, लैङ्गिक हिंसा रोकथामका उपाय र यसमा विद्यार्थीले खेल्न सक्ने महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्दै विजयी तथा सबै सहभागीलाई बधाई दिनुभयो। उहाँले विद्यालयमा गरिने यस्ता कार्यक्रमले छात्र–छात्रालाई हिंसा पहिचान, रोकथाम र प्रतिवाद गर्ने चेतना विकास गराउने बताउनुभयो।

त्यसैगरी शिक्षक नरेन्द्र प्रसाद उपाध्यायले सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै अझ उत्कृष्ट प्रस्तुति दिन निरन्तर अभ्यासको आवश्यकता रहेको बताउनुभयो उहाँले लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यार्थीको पनि उत्तिकै भुमिका रहने हुँदा आफ्नो घर परिवार र समाजमा यस्ता घटना घटे सचेत गराउन स्वयम् विद्यार्थी नै जागरुक हुनुपर्ने बताउनुभयो।


कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यशोधरा माविमा सम्पन्न यो गतिविधिले १६ दिने अभियानको सन्देश—लैङ्गिक हिंसा अन्त्य, बालिकाको सशक्तिकरण, र प्रविधिको सकारात्मक उपयोग—विद्यालय हुँदै समुदाय स्तरमा फैलिने सहभागीहरूले बताएका छन्।

 

पिस नेपाल–रुम टु रिडको सहयोगमा यशोधरा माविमा १६ दिने अभियानअन्तर्गत निबन्ध तथा वक्तृत्व प्रतियोगिता सम्पन्न

जुम्लाको सिजामा आगलागी, नौ कोठे घर क्षति

पिस नेपाल–रुम टु रिडको सहयोगमा यशोधरा माविमा १६ दिने अभियानअन्तर्गत निबन्ध तथा वक्तृत्व प्रतियोगिता सम्पन्न

सम्पादकीय : कहिले बन्छ ट्रायल सेन्टर ?

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds