गीता पाण्डेको सुमधुर गीत ‘माछी भुल्यो’ सार्वजनिक, टिकटकमा ७० लाख भन्दा बढीले हेरिसके

काठमाडौं १०, भदौ।

चर्चित गायिका गीता पाण्डेले नयाँ प्रेमिल गीत ‘माछी भुल्यो’ सार्वजनिक गरेकी छिन्। दीपक शर्माको रचना तथा संगीतमा तयार भएको उक्त गीतमा नरेन्द्र बियोगीले एरेन्ज गरेका छन्। गीतमा प्रेम र समर्पणको आस्था झल्काइएको छ।

गीत जस्तै भिडिओ पनि रोमान्टिक बनेको छ। निर्देशक पुजा ठकुरीको निर्देशनमा बनेको भिडिओमा ई.स्वस्तिक पोख्रेल र डा. अनुस्का कार्की फिचर्ड छन्। भर्खरै इन्गेजमेन्ट गरेका यी दुईको रोमान्सले भिडियोलाई थप आकर्षक बनाएको छ। भिडिओको सम्पादन बिनोद बमले गरेका हुन् भने छायांकन दिपक गिरी र टिमले गरेका हुन्। कोरियोग्राफीमा चर्चित अनुजा अधिकारी र श्रवण पाख्रिनको योगदान छ।

सार्वजनिक भएको छोटो समयमै गीतले उत्कृष्ट प्रतिक्रिया पाएको छ। टिकटकमा मात्र यसलाई ७० लाख भन्दा बढीले हेरिसकेका छन्।

गायिका पाण्डेले यसअघि किरण खरेल, रञ्जित गजमेर, अर्जन पोख्रेल, विजय सिंह मुनाल, मणिकमल छेत्री लगायतका चर्चित सिर्जनाकर्तासँग ३ दर्जनभन्दा बढी गीत गाइसकेकी छिन्। चलचित्र, लोक र आधुनिक विधाका गीत गाइसकेकी उनी आफ्ना नयाँ गीतप्रति पनि उत्साहित छिन्।

“संगीत कहिल्यै मर्दैन, सिक्दै छु र नयाँ–नयाँ गीत रेकर्ड गर्दै जानेछु। ‘माछी भुल्यो’ सहित मेरा सम्पूर्ण गीतहरू मेरो युट्युब च्यानलमार्फत सुन्न र हेर्न सक्नुहुन्छ,” गायिका गीता पाण्डेले बताइन्।

गीता पाण्डेको सुमधुर गीत ‘माछी भुल्यो’ सार्वजनिक, टिकटकमा ७० लाख भन्दा बढीले हेरिसके

घुयँत्राे: “बिरसिक्का”

गीता पाण्डेको सुमधुर गीत ‘माछी भुल्यो’ सार्वजनिक, टिकटकमा ७० लाख भन्दा बढीले हेरिसके

दैलेखबाट १० करोड बराबरको भेप बरामद, जडीबुटीको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds