“संघर्षशील यात्री हुन विर वहादुर”

पृथ्वी बहादुर सिंह/सुर्खेत
वुवा धने वुढा, आमा पम्फी वुढाको जेठा छोरा गोपाल बहिनी मनसराका कान्छा भाई पुरानो पिलाडी गाउँ पंचायतपछि जोरेबाँझ गा.वि.स. हाल गुँरास गा.पा.वार्ड नं. ५ जोरेबाँझ दैलेखमा २००७ साल वैशाख ९ गते शुक्रवार निम्न माध्यम परिवारमा बिर वहादुर वुढा जन्मेका हुन । ५ वर्षको हुँदा २०१३ कार्तिक महिनामा वुवाको मृत्यु भएपछी आमा अर्को विवाह २०१५ सालमा गरेर गइन ।
वावु आमा नहुँदा ठुला वुवाआमा संग तीनभाई बहिनी हुर्काउने जिम्मा परी वस्तुभाउ हेरालो घाँसपानी सघाउन थालेका हुन । प्रथम गुरु शिक्षा पदम वहादुर गौतमबाट शुरु गर्दै २०१२ साल ५ बर्षको हुँदा ने.रा.प्रा.वि. बगौरा श्री ५ सरकारबाट स्किृती भएपछी कक्षा–१ मा अध्ययन थालेका थिए । त्यही विद्यालयबाट कक्षा–५ उत्तिर्ण गरेका थिए । ६ कक्षा नि.मा.वि.मेहेली सुर्खेत २०२६ साल एक वर्ष मात्र अध्ययन गरेका थिए ।
त्यो समयका प्र.अ. कृष्ण वहादुर रेग्मी रहेका थिए । हाल सुर्खेत वीरेन्द्रनगरका जेठा वुवा छोरा कर्ण बहादुर, टेक वहादुरसंग १० बर्ष संगोलमा बसी अलग छुट्टिएका थिए । खेतीपाती पशुपालन जिवन चलाउने समय ससुरा अमर सिं खत्री, सासु अमृता खत्रीकी सात वहिनी मध्ये काइली छोरी लिला देवी खत्री बुढासंग २०२५ सालमा प्रेम विवाह गरेका थिए ।
विद्यालय पढाई छोडेर घर व्यवहार गर्दै २०२६ सालमा तत्कालिन पिलारी गाउँ पञ्चायत कार्यालय दैलेखमा सचिव नियुक्ती लिएर २०३४ सालसम्म कार्य सम्पादन गरेका थिए । सचिव हुँदा बाँकेको नेपालगञ्जको पञ्चायत प्रशिक्षण केन्द्रमा पाँच महिना तालिम पनि गरेका थिए ।
पञ्चायत व्यवस्थाले गाउँ फर्क अभियान निर्वाचन प्रकृया लागु गर्दा सचिव पदबाट राजिनामा गरी पुन खेतीपाती पशुपालन गर्दै समाजसेवामा लागेका थिए । २०२७ साल फाल्गुनमा जेठा छोरा टोप वहादुर वि.सी. को जन्म भएको थियो ।
२०२९ सालमा श्री ५ राजा वीरेन्द्र सुदुर पश्चिम त्यो बेला हालको सुदुर पश्चिम र कर्णाली प्रदेश नै सुदुरश्चिम अञ्चल क्षेत्रीय विकास केन्द्र भनिन्थ्यो । राजा सवारी भएको समयमा दर्शन भेट दिँदा आफना बावुआमा वालक हुँदा मृत्यु भएकोले पढन पाएन भनि विन्ती चढाउँदा राजाले अहिले यो रु २००० लिऊ भाडा गरेर काठमाडौं आउनु नोकरीको व्यवस्था गरौला भनि दिएका थिए ।
चिङ्गाड दराबाट उनी २०२९ सालमा मुख्य उद्देश्य काठमाडौं गै शाही सेनामा भर्ति हुने लिएर जाने पहिलो व्यक्ति हुन विर बहादुर । त्यहि समय फाल्गुन ७ गते पञ्चायतकालमा पनि प्रजातन्त्र दिवस मनाइरहँदा टुडिखेलमा भारतिय प्र.म इन्द्रा गाँन्धी उपस्थित भै मञ्चमा बसेको बाहिर उभिएर मन्चको सम्बोधन सुनेर हेरेका थिए । शाही सेनामा भर्ना हुन चिनेको मान्छे सेना भित्रको खोजेकोले आफनो परिचय व्यक्ति कोही नहुँदा भर्ति हुन सकेनन ।
काठमाडौं विरगञ्ज बस ट्रक होटलमा एक वर्ष रोजगारी गरी घर पर्केका थिए । घर व्यवहार त्यो अवधीमा सासु दाजुहरु सञ्चालन गरी दिनु भएको थियो । गाउँ आएपछी हालको जय जनता मा.वि. जोरेबाँझ भवन निर्माण गर्न स्कुलको सञ्चालन समिती अध्यक्ष हुँदा प्रत्येक घरबाट ४ माना चामल ४ माना पिठो नुन भुटन १६० रुपैयाँ उठाए १० कोठे गाह्रो माटो फुसको छाना भएको भवन निर्माण गर्न ठुलो योगदान गरेका थिए ।
२०३६ सालको जनमत संग्रहमा बहुदल पक्ष भएर प्रचार प्रसार उभिएर निर्वाचनमा एजेन्ट समेत बसेका थिए । २०३९ सालको स्थानीय निर्वाचनमा लालीकाँडा गाउँ पञ्चायतको प्रधानको पञ्चको उम्मेदवार हुँदा १४ मतले पराजय भएका थिए । शुरुमा गुरु अध्यापन गराउने पदम बहादुर गौतमले निर्वाचन हारेको थाहा पाएपछी माया गरेर बबई खोलाको सानो श्री बस्ती सार्न आऊ यहाँ जंगल फडानी गरेर वस्ती बसिरहेको छ खवर पठाएपछी वस्ती गएका थिए ।

त्यहाँ एक बर्ष बसिरहेको अवस्थामा श्री ५ को सरकारले बबईलाई वन्यजन्तु आरक्षण घोषणा गरेपछी २०४२ मा राज्यले बर्दियाको राराताल बबई बसेकालाई जग्गा उपलब्ध गराएपछी उनी पनि बस्ती सरेर गएका थिए । पुरानो जग्गा बबई जग्गा आवादीमा उनको नाम लिष्टमा नपरेपछी सानो श्री लालीवजार बजार व्यवस्था हुन थालेपछी उनीले खुद्रा किराना र नास्ता पसल खोलेर २०४२ देखी २०४६ सम्म व्यापार गरी पसलघर समेत बनाउन पुगेका थिए । त्यहाँ रहँदा ताराताल लालीबजार सेवा समाज अध्यक्ष, रेडक्रस उपाध्यक्ष, एमाले पार्टी.सदस्य बर्दियाको २०७१ सालसम्म रहेका थिए ।
२०७२ साल श्रीमती विरामी हु“दा उपचार गर्न काठमाडौं लिए । छोरा विर वहादुर अध्ययनको शिलशिलामा काठमाडौंमा हुँदा व्यापार गर्न थालेका थिए । उपचार क्रममा २०७४ श्रावण १२ गते क्यानसर उपचार हुँदै गर्दा नै प्रेसरले हानी श्रीमतिको मृत्यु हुन गयो । २०७३ मा वर्दियाको पसल घर विक्रि गरी पुरानो जग्गा घर जोरेबाँझ दैलेख भएपनि हालको गुँरास गा.पा दैलेख नजिक जग्गा खरिद गरी घर बनाउन पुगेका थिए ।
माइलो छोरा गणेश बाँके कोहलपुर घर हाली कतार रोजगारीमा छन् । कान्छो छोरा राम वहादुर काठमाण्डौं घर हाली परिवारसहित जापानमा रोजगारी गरिरहेका छन् । जेठो छोरा टोप वहादुर वि.सी. काठमाडौं अध्ययन र व्यापार गर्दाको समय देखी एमाले पार्टीको विद्यार्थी संगठन स्ववियुका विभिन्न पदमा रही कार्य गर्दै २०७९ सालको स्थानीय निर्वाचनमा एमाले पाटीबाट गुराँस गा.पा. दैलेखको अध्यक्ष उमेदवार भै विजयी भएर कार्य सम्पादन गरिरहेका छन् । वुवा विर वहादुर वि.सी. पनि जेठो छोरा बुहारीसंगै गुराँस गा.पा कार्यालय नजिकै रहेको आफनो घरमा बृद्ध जिवन संर्घषका पाना सम्झदै बिताई रहेका छन् ।
प्रकृतीले सुन्दर सजाएर एउटा पहाडको डाँडोमा पुगेपछी जिल्ला दैलेखको सबै सुन्दर भूभाग अवलोकन गर्न पाइने स्वर्ग भुमी हो । दैलेख जिल्ला सिंजा साम्राज्यको हिउँदको राजधानी हो । सिजाली सम्राटहरुले यो जिल्लाका विभिन्न भूभागलाई । त्यही भूमिमा सिजाली सम्राटले मानविय आस्था बिसाउने पंचतिर्थ डुङ्गेस्वर धुलेस्वर नामीस्थान शिरस्थान ज्वालास्थान, कोटिला भैरवी प्राचिन सिंजाली सम्राटका नामावली ढुंङ्गे किर्तीस्तम्भ अनेकौ ढुङ्गो देवलदेखी लालीगुरा“स फुलले रमणिय झमक्क हुने गुराँस गाउँपालिका पहाडमा बसी आस्था बिसाई पुजापाठ दान गर्दै समय समय यात्रामा जाने गर्दछन ।
पुनःवहुदलिय प्रजातन्त्र प्राप्त पछी दशबर्ष शसस्त्र जनयुद्ध मै लोकतान्त्रिक गणतन्त्र स्थापित हुँदा सम्म पाटीहरु राज्य सत्तामा पुगी कहिले अल्पमत, कहिले एक वा दुई तीन पार्टी संयुक्त सरकार केही महिना बर्ष चलाई भत्काउने अर्को सरकार बनाउने कमाऊ धन्दा राज्य शक्ति श्रोतमाबसी अनेकौं बिकृतिका खेल सञ्चारमा आइरहन्छन । यो सामान्ती संस्कार आफु बन्ने देश नवनाउने कहिले अन्त्य होला ? त्यसको लागि प्रत्येक्ष राष्ट्रपति वा प्रधानमन्त्री कार्यकारी हुने जनमतबाट विजयी भएर पाँच वर्ष सत्ता सञ्चालन गर्ने संविधान शंशोधन गरेर आजको विकृती हटाउनु जरुरी छ भन्नुहुन्छ ।
त्यस्तै देशको युवा जनशक्ति परदेश को श्रमदास पठाउने क्रियाले घरदेशमा उब्जाउमय जमिन बाँझो, वस्तुभाउ पाल्ने खर्क सुनसान भएर जंगली जनावरको राज छ । यो क्रिया अन्त्य गरेर कृषि पशुपालन आधुनीकिकरण गरेर स्वदेशको उत्पादन गरी आत्मनिर्भर युवायुवतीलाई रोजगारी व्यवस्था तिर राज्य जानु जरुरी छ । तब मात्र लोकतान्त्रिक, गणतन्त्रले स्थायित्व लिएर द्धन्द्ध अन्त्य हुनेछ भन्ने दुर सन्देश पनि दिने गर्नुहुन्छ । सबै जनमा चेतना भया ।







