शारदा नदी किनारमा महिलाको शव फेला

सल्यान,८ कार्तिक ।

सल्यानको शारदा नदी किनारमा एक अज्ञात महिलाको शव फेला परेको छ । शारदा नगरपालिका–१२, गाईनेटानजिक शारदा नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत महिलाको शरीरको आधा भागमा कपडा नभएको र शरीरका विभिन्न भागमा हिलो लागेको अवस्थामा शव भेटिएको हो । हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शीतलपाटीबाट प्रहरी टोली पुगेको छ । टोलीले आवश्यक मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

शारदा नदी किनारमा महिलाको शव फेला

फुटबलको क्रेज बनाउँदै,जलजला एफसी क्लब

शारदा नदी किनारमा महिलाको शव फेला

भुवा जात्रामा गएका युवाको शव भेटियो :

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds