कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृते हस्ताक्षर प्रकरण, महतलाई बदनाम गराउने प्रयास ।

काली बहादुर परियार

जुम्ला,८ भदौ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र नक्कली हस्ताक्षरको काण्ड सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुगेको छ ।
पूर्व रजिस्ट्रार नृपेन्द्र महतलाई बदनाम गर्ने उद्देश्यले नक्कली हस्ताक्षर गरी पत्राचार गरिएको र त्यसलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सम्म पुर्‍याएर समाचार बनाइएको भन्दै प्रतिष्ठानका कर्मचारी शिक्षकहरु आक्रोशित बनेका छन् ।

२०८२ भदौ ५ गते प्रतिष्ठानका शिक्षक कर्मचारीलाई जानकारी नै नदिई उनीहरूको सामूहिक हस्ताक्षर नक्कल गरेर पत्र पठाइएको खुलेको छ । यसले संस्थाको गरिमा माथि चोट पुगेको भन्दै कर्मचारी कल्याणकारी समाजले भदौ ८ गते विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ “मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार यस किसिमको कार्य जघन्य अपराध हो । संस्थाको इज्जत र विश्वसनीयता लाई क्षति पुर्‍याउने षड्यन्त्रकारी क्रियाकलापमा संलग्न जोसुकै लाई कानुनी कठघरा सम्म पुर्‍याउनुपर्छ। ”
पत्रमा प्रयोग गरिएका हस्ताक्षर आफूहरूको नभएको भन्दै कर्मचारीहरूले प्रतिवाद गरेका छन् । काठमाडौं स्थित सहप्राध्यापक निशान्ता लामाले भने“पत्रमा गरिएको हस्ताक्षर मेरो होइन त्यसबारे मलाई कुनै जानकारी छैन ।”
शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले पनि आफूले हस्ताक्षर नगरेको स्पष्ट पारेका छन ।
प्रेस विज्ञप्तिमा यस घटनालाई तत्कालीन रजिस्ट्रार विरुद्धको राजनीतिक पूर्वाग्रह र षड्यन्त्रपूर्ण चलखेलको रुपमा व्याख्या गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ“पूर्व पदाधिकारी पुनः नियुक्त भए पनि आपत्ति छैन । तर संस्था भित्र नक्कली हस्ताक्षर देखाएर गरिएका यस्ता कार्य संस्था विरोधी क्यान्सर हुन् ।”
कर्मचारी समाज द्वरा संस्थामा नियुक्त जोसुकैले पनि संस्थाको मर्म र हितअनुसार काम गर्नुपर्नेमा जोड दिँदै पुनः यस्ता गतिविधि भए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन ।
यसैबीच विवादित कागजमा नक्कली हस्ताक्षर गरिएका भनिएका डा. सुबी बस्नेत, डा. रविन खापुङ, सविना मानन्धर, चेतबहादुर रोकाया, निर्मला पहाडी लगायतका कर्मचारी बिदामा रहेको समेत खुलेको छ ।
यद्यपि पूर्व रजिस्ट्रार महतको कार्यकालमा एमबीबीएस लगायतका कार्यक्रम विस्तार हुँदै प्रतिष्ठानको स्तर उचाइमा पुगेको हो । उनी पुनः दोहोरिनु संस्थाको हितमै हुने पूर्व पदाधिकारीहरूको दाबी रहेको छ । उनकै पालामा प्रतिष्ठानको दिक्षान्त समारोह , मृगौला डाइलासिस सेवा सुचारु , बिधुतिय शासन सेवा जस्ता दर्जनौ उल्लेखनीय नयाँ काम हरु समेत भएका थिए । भौतिक पुर्वाधार, शैक्षिक तथा चिकित्सा क्षेत्रमा समेत प्रतिष्ठानको गरिमालाई उचाईमा पुर्याउने सकारात्मक कदमहरु भएको बताइन्छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृते हस्ताक्षर प्रकरण, महतलाई बदनाम गराउने प्रयास ।

सम्पादकीय : आन्तरिक हवाई उडानमा पहल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृते हस्ताक्षर प्रकरण, महतलाई बदनाम गराउने प्रयास ।

घुयँत्राे ” बिरसिक्का”

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds