कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

कालीकोट, ७ पुस । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाइएको हो ।

प्रदेश कार्यसमितिले पनि जिल्लाबाट प्राप्त नामलाई केन्द्रमा पठाएको जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीले बताए । उनका अनुसार समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपालीको नाम सिफारिस गरिएको छ । साथै राष्ट्रिय सभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *