बागेश्वरी मन्दिरबाट एनपिएल विजेता ट्रफी उत्सव यात्रा सुरु

बाँके ,५ पुस।

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको विजेता बनेको लुम्बिनी लायन्सको ‘विजेता ट्रफी’ उत्सव यात्रा नेपालगन्जस्थित बागेश्वरी मन्दिरबाट सुरु भएको छ।
विजेता टोली लुम्बिनी लायन्सले आज बिहान बागेश्वरी मन्दिरमा विधिवत् पूजा–अर्चना गर्दै ट्रफी उत्सव यात्राको शुभारम्भ गरेको हो। सो क्रममा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो।
पूजा सम्पन्नपछि ट्रफीलाई नगर परिक्रमा गराउँदै नेपालगन्जको मङ्गल प्रसाद माध्यमिक विद्यालयको प्राङ्गणमा केही समय राखिएको थियो। त्यसपछि उत्सव यात्रालाई निरन्तरता दिँदै ट्रफी बर्दियातर्फ लगिएको छ।
उत्सव यात्राअन्तर्गत ट्रफी बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा र नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर समापन गरिने कार्यक्रम रहेको छ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी यात्रा गरिनु खेलप्रेमी र समर्थकहरूसँग खुसी साटासाट गर्ने तथा नेपाली क्रिकेटको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ।
नेपाल प्रिमियर लिग दोस्रो सिजनको उपाधि जित्दै लुम्बिनी लायन्सले नेपाली क्रिकेट इतिहासमा आफ्नो नाम स्वर्णाक्षरमा लेखाएको छ।

बागेश्वरी मन्दिरबाट एनपिएल विजेता ट्रफी उत्सव यात्रा सुरु

डिजिटल भविष्यतर्फ कदम : गुठिचौर–१ मा ४२

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds