घुयँत्राे: “लड्डु बाँड्ने नेताबाट लड्डु नखाने जनता : ओलिको राजनीतिक पुनर्जन्म”

केपि ओलि भनेका महान नेता मात्रै हैनन् दूरदर्शी नेता पनि हुन । जसरी ३६ सालमा बहुदलकाे घाेषणापछि गरिएकाे जनमत संग्रहमा कमिनिष्टहरुले भाग नलिएपछि बहुदल र निर्दलका वीच भएकाे जनमत संग्रहमा काँग्रेस एक्लैले भाग लियाे र वहुदल अर्थात निलाेरङ्ले हार्याे अर्थात राजा र कमिनिष्टहरुकाे मिलाे मताेमा बहुदलले हार्याे र ओलिजस्ता नेताहरुले लड्डु बाँडे भाेजभतेर गरे तर पनि सुधारियकाे पन्चायति व्यवस्था दस बर्षनि टिक्न सकेन अन्तत नेपाली काँग्रेसकाे नेतृत्वमा फेरि आन्दोलन भयाे र देशमा बहुदलिय ब्यवस्था आयाे वहुदल आउन नदिन पन्चहरुलाई सहयाेग गरेका र काँग्रेसलाई असहयोग गरेका कमिनिष्टहरुकाे सबै याेजना ढुस भए अन्तत सडकमा लघारिएका कमिनिष्टहरुलाई किसुनजीले आफ्नै साथमा लगाउनु भयाे र सहाना प्रधान ( पुष्पलालकाे श्रीमती ) लाई अन्तरिममन्त्री मण्डलमा समाबेस गर्नु भयाे । ४७ सालकाे संविधान बन्याे । यसपछि कमिनिष्टहरुमा चेत आयाे आएन था छैन तर देशमा भएका सबै चुनाबमा भाग लिएर गए ।

कमिनिष्ट ब्यवस्थाबाट वहुदलीय जनवादका नाममा उनिहरुले राजनीति गरे । अहिले फेरि संसारभर राजनीतिक उथलपुथल भई रहेका बेला आँफै सत्ताबाट अपदस्त भएपछि कमानिष्ट नेता केपि ओलिले करिब ३५ बर्षकाे अबधिमा फेरि फागुनमा हुन गै रहेकाे चुनाब बहिष्कार गर्ने घाेषणा गरेका छन । आफ्नाे सत्ता जेनजी आन्दोलनका नाममा खाेसियपछि विक्षिप्त बनेका ओलिले पाटि अध्यक्षकाे उमेर हद र सरकार प्रमुख बन्ने उमेर हदकाे ब्यवस्था आफ्पाटिकाे विधानबाट हटाएर सरबशक्तिमान अध्यक्षका रुपमा आँफुलाई स्थापित मात्रै गरेका छैनन कि आफ्नो निर्णयमा सवाल उठाउने र तर्क गर्न खाेज्ने पाटि नेतालाई समेत तत्काल कार्वाहि गरि निरंकुसशैलिलाई पाटि बैठकबाटै सर्वसम्मत बनाएर लगि रहेकाछन । आफ्नै नेतृत्वमा रहेकाे सरकारलाई जेनजी आन्दोलनले सत्ताच्युत गरेपछि हाल बनेकाे सरकारले घाेषणा गरेकाे चुनाबलाई स्विकार नगरि अदालतबाट आफ्नो सरकारसितै सदन ब्युँताउने खेलमा लागेका ओलि खासमा सदन ब्युँतिन्छनै भन्ने साेचका साथ चुनाब बहिष्कारको नारा अगाडि लिएर हिँडि रहेकाछन । उनलाई आशाछ उनले नियुक्त गरेका न्यायाधीशहरुले आँफुलाई अप्ठ्यारो पर्दा अबस्य गर्नेछिन । पाटिकै शुध्द कार्यकर्तादेखि लिएर ओलिका शुभचिन्तक र कट्टर पक्षधर भएकै कारण पनि ओलि आँफुले मुद्दा जित्ने कुरामा ढुक्कछन । खासमा आन्दोलनकारीहरुले दलका बुढा नेताहरु राजनितीबाट निवृत हुन पर्ने माग राखी रहनु र ओलिले कुनैपनि हालतमा पाटि नेतृत्व नछाेडने तर आँफ्नै नेतृत्वमा चुनाबमा जाँदा कुनैपनि हालतमा चुनाबमा जित्न नसकिने भएकाले पनि ओलिले चुनाबै बहिष्कार गरेर कार्यकर्ताकाे अघि आफ्नो दम्भ कायमै राख्ने निर्णय गरे । चुनाब बहिष्कारको कुरा पाटि बैठकबाटै सर्वसम्मत निर्णय गराएर उनले याे निर्णयलाई भविष्यमा समेत कसैले पनि गलत निर्णय भन्न नसक्ने गराई दिएकाछन ।

एकल निर्णयलाई सर्वसम्मत भनेर हस्ताक्षर गराउन सक्ने ओलिकाे सबैभन्दा ठूलाे विशेषता र खुबि हाे । बैठकमा अरु सबै एकातिर र आफू एक्लै भएपनि निर्णय लेख्ने बेलामा सर्वसम्मत भनेर दस्तावेजमा उल्लेख गराउन सक्ने र उनका विरुद्धमा बाेल्ने जाे काेहिलाई पनि पदबाटै निस्काशन गरेर देखाईदिने खुबिलेनै उनी अहिलेसम्म दलमा बर्चस्व कायम गरेर बस्न सकेका छन । र कथंकदाचित याे सरकारले चुनाब गराउन सकेन भने ऐलेनै ओलिलाई भगवानकाे दर्जादिने झाेलेहरुले चुनाबकाे असफलतापछि त झन शाश्वत भगवानकाे पाटि एमाले र त्यसका देवता ओलिलाई नै मानेर सडकभरि धुपबत्ति गर्दै हिँडनेछन । त्यसपछि देशपनि बेथिति र विसंगतिकाे तालमा घुम्नेछ र जेनजीकाे आन्दोलन असफल सावित हुनेछ ।

घुयँत्राे: “लड्डु बाँड्ने नेताबाट लड्डु नखाने जनता : ओलिको राजनीतिक पुनर्जन्म”

सन्ताेष बिक स्मृति कप सम्पन्न

घुयँत्राे: “लड्डु बाँड्ने नेताबाट लड्डु नखाने जनता : ओलिको राजनीतिक पुनर्जन्म”

लुम्बिनीबाट कर्णालीमा सर्‍यो जल  तथा मौसम विज्ञान

Leave a comment

Your email address will not be published. Required fields are marked *