कर्णालीका तीन पालिका स्वास्थ्य वीमाकाे पहुँच बाहिर

सुर्खेत, ३ जेठ ।
७९ वटा पालिका रहेको कर्णालीका ३ पालिका स्वास्थ्य वीमा विहिन छन् । प्रदेशका त्यसमध्ये अधिकांश पालिकामा स्वास्थ्य वीमा कार्यक्रम लागु भएपनि तीन पालिकामा अझैसम्म लागु भएको छैन । अझै पनि स्वास्थ्य बीमा लागु हुन नसकेका पालिकामा डोल्पाको डोल्पो बुद्ध, छार्का ताङसोङ र शे फोक्सुण्डो गाउँपालिका छन् ।

आवश्यक पूर्वाधार नभएको कारण दुर्गम जिल्लाका विकट पालिकामा अmभै स्वास्थ्य विमा कार्यक्रम लागु गर्न नसकिएको जनाइएको छ । सडक, वत्ती लगायतका सुविधा नपुगेको दुर्गम पालिका भएकोले कार्यक्रम लागु हुन ढिलो भएको स्वास्थ्य विमा डोल्पाका जिल्ला संयोजक विनोश शाहले बताए ।

उनी भन्छन्, ‘पालिकामा पुग्नको लागि ३ दिनजती पैदल हिड्नपर्छ । हिउ“दको समयमा हि“उको कारण बाटो पनि बन्द हुन्छ । काम गर्न असहज छ । त्यसैले समयमै कार्यक्रम लागु गर्न सकिएन ।’

स्वास्थ्य वीमाले पनि कर्मचारीको अभाव झेलिरहेको छ । यस कारणले पनि कार्यक्रम लागु गर्न नसकिएको उनी बताउ“छन् । सुरुमा स्वास्थ्यकर्मीलाई दर्ता अधिकारीको जिम्मा दिइएको थियो । उनले भने ,‘गत बर्षबाट म आएको हो । अब कार्यान्वयको लागि काम गरिरहेका छौं । यो वर्ष कार्यक्रम लागु गर्ने योजनामा साथ काम गरिरहेका छौं । यो वर्ष भित्रै कार्यक्रम गर्छौ होला ।’

पालिकामा काम गर्ने कर्मचारी पाउँन पनि मुस्किल भएको उनको भनाइ छ । दुर्गमको पालिकामा विमालाई चाहिने कक्षा–१२ पास गरेकाहरु भेटाउनै गाह्रो भएको उनले बताए । पढेकाहरु सबै बाहिर तिर गएका उनको भनाई छ । कर्णाली प्रदेश वीमा बोर्डका संयोजक महेशप्रसाद ठाकुरले सो ठाउँमा विमा दर्ता कर्मचारी पनि छनौंट गर्न नसकेको जस्ता समस्याले विमा कार्यक्र्रम लागू गर्न नसकिएको जानकारी दिए । यो वर्ष लागू गर्ने प्रयास जारी रहेको उल्लेख गरे ।

सरकारले २०७२ साल चैत २५ गतेदेखि लागू गरेको कार्यक्रम कर्णालीमा २०७४ भदौ १ गतेदेखि लागू भएको थियो । जुम्ला र रुकुम पश्चिमबाट स्वास्थ्य विमा कार्यक्रम लागू भएको हो । कर्णालीमा स्वास्थ्य विमा कार्यक्रमको कार्यान्वयन कमजोर रहेको छ । कर्णालीमा लागू भएको ७ वर्षसम्म २५ प्रतिशतले मात्रै विमा गरेका छन् । अझै ७५ प्रतिशत जनसंख्या विमा बाहिर छन् । १६ लाख बढी जनसंख्या भएको कर्णालीमा ४ लाख ३१ हजार १ सय ७६ अर्थात २५.५ प्रतिशतमात्रै विमामा आवद्ध छन् ।

१ लाख ३५ हजार सय महिलाले विमा गरेका छन् भने १ लाख २८ हजार ६ सय ७९ जना पुरुषले विमा गरेका छन् । विमामा जनता आवद्ध हुन नसक्नु मुख्य कारणमा जनताको चेतनास्तर कमजोर हुनु र विमा कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुनु भएको बताइएको छ ।

स्वास्थ्य विमा गरेवापत सूचीकृत भएका स्वास्थ्य संस्थाहरुले भुक्तानी पनि पाउन सकेका छैनन् । स्वास्थ्य विमा बोर्ड कर्णालीका अनुसार चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म २० करोड ६७ लाख ८४ हजार ६ सय ६७ रुपियाँ मात्र भुक्तानी भएको छ । जसमध्ये सवैभन्दा धेरै कर्णाली प्रदेश अस्पतालले ७ करोड ४४ लाख ५६ हजार रुपिया“ भुक्तानी दिएको छ ।

कर्णालीमा १ सय २७ वटा स्वास्थ्य संस्थाहरु रहेपनि स्वास्थ्य विमा कार्यक्रममा आवद्ध सूचिकृत स्वास्थ्य संस्थाको संख्या ३६ वटा मात्र छन् । जसका कारण सेवा प्रदान ढिलो हुने गरेको छ । बजेट, जनशक्ति अभावले विमा कार्यक्रमको कार्यान्वयन प्रभावकारी हुन नसकेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए ।

प्रदेश सरकारले दुर्गम स्थानका बासिन्दाहरुलाई सहज स्वास्थ्य सेवा प्रदानका लागि प्रदेशभर १३ वटा रणनीतिक अस्पताल निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको र त्यहाँमार्फत पनि वीमा कार्यक्रम बढाउन सकिने बताए । स्वास्थ्यमा लगानी गरे अनुसारको प्रतिफल आउन सकेको छैन । उनले भने यसलाई सवैले सहयोग गर्नुपर्नेछ ।’

कर्णालीका तीन पालिका स्वास्थ्य वीमाकाे पहुँच बाहिर

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन :

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds