सिस्नु बेचेर उपचार खर्च जाेहाे गर्दै: कर्मकली रावल

गाेल्डेन बुढा

जुम्ला,२६ साउन।
जुम्लाको चन्दननाथ नगरपालिका -७ मिचा गाउँकी ५९ वर्षीया कर्मकली रावलले सदरमुकाम खलंगामा बिहीबार ७ केजी सिस्नु बेचिन्। प्रतिकेजी ४ सय रुपैयाँ दरले बेचेकी थिइन्। लगत्तै दुई हजार ८ सय रुपैयाँ बुझिन्।बाटोको किनारा, खेतबारी र जंगलभरी खेर गैरहेको पोल्ने झार(सिस्नु) बेचेर जुम्लामा लाखौं रुपैयाँ आम्दानी भइरहेको छ।रावलले सिस्नुको धुलो बनाई ‘सिस्नु पाउडर’ विक्री गरेर यो वर्ष एक लाख २० रुपैया आम्दानी गरिन्।

रावलले यस वर्ष ३ क्वीन्टल सिस्नुको धुलो उत्पादन गरि जिल्ला बाहिर निर्यात गरेर विक्रि गरेकाे बताउँछिन्।अझै उनको घरमा २० केजी सिस्नु बाकीँ छ।गतवर्ष रावलले १ क्वीन्टल सिस्नु बेचेर ४० हजार रुपैयाँ आम्दानी गरेकी थिइन्।’पहिलो वर्ष सिस्नुको धुलो बेचेर ३५ हजार रुपैयाँ कमाएपछि यो कार्यमा हाैसिएकी हुन्।उनले सिस्नु जुम्ला,कालिकोट,सुर्खेत,नेपालगन्ज,काेहाेलपुर र काठमाडौ सम्म पुर्‍याउछन्।रावलका अनुसार सिस्नु प्रति पाउकाे १ सय रुपैयाँका दरले बेच्छन्। सिमी,ओखर,स्याउ र आलु पनि बिक्रीवितरण गर्छु।उनलेे भनिन्।सिस्नुको कलिला मुन्टा र फुललाई टिपेपछि केलाएपछि सितल घाममा सुकाएपछि मिचेर धुलो पारिन्छ।सिस्नु पाउडर मेरालागि राम्रो आम्दानीको श्रोत हो, उनलेे भनिन्। धेरै जसाे म आफै टिप्छु,टिप्न नपाए अरुले टिपेकाे खरिद गरेर ल्याउछु।प्रायःजसो छिमेकी जिल्ला कालिकोटको फाेई गाउँमै पुगेर सिस्नु टिप्ने,खरिद गर्ने कर्मकलीकाे दैनिकी हो।उनलेे गाउँमै २ सय ५० खरिद गर्छिन्। किन ? घरमै नातिनातिना स्याहारसुसार गर्ने उमेरमा रुपैयाँ कमाउन लाग्नु भन्ने प्रश्नमा उनी उनको आँखामा बाट वर्षाझरी झै दुखका आँसु झार्दे भनिन् कारण हो। अपांग छाेराकाे उपचार खर्च जुटाउनु बाध्यता हो।बाबु,नत्र चाउरी परेका अनुहार ढलेकाे उमेरमा घरमै बसेर आराम गर्ने बेला रहर थिएन्।सिस्नु सङ्कलनबाट आफूलाई चाहिने लुगाफाटो,दाल,चामल,नुनतेल घरमा दैनिकी चाहिनेखर्च छुट्याउने र पैसा बाँकी रह्यो, भने छाेेराकाे उपचार खर्चको जुटाउने गरेको बताउँछिन्।रावलले भनिन् ,‘घरमा कमाइ राम्रो छैन, आफ्नो खर्च आफै कमाउनुपर्छ, यत्ति दुःख नगरे हुदैन।कर्मकलीका छाेरा हरिचन्द्र रावल विसं २०७३ सालमा दुर्घटनामा परे। उनी ट्याक्टरमा बालुवा लिन जाँदा दुर्घटना परेका थिए।

उनी संगै ट्याक्टरमा बसेका एक जनाको मृत्यु भयो,भने एकको खुट्टा भाच्चियो।रावललाई भने नसामा समस्या देखियो। उनी उपचारका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगंज मेडिकल कलेज हुँदै भारतको लखनउसम्म पुगे। यस क्रममा उनको महंगो खर्च भयो। तर, अहिलेसम्म पूर्ण रूपमा सन्चो भने हुन सकेको छैन।दुर्घटनापछि उनको परिवारले घरखेत बेचेर काठमाडौं, बनेपा लगायतका धेरै अस्पतालहरूमा पनि उपचारका लागि लगे। तर सुधार भएन र उनीहरू घर फिर्ता भए। हरिचन्द्र रावलको झण्डै ९ वर्षदेखि घरमै छन्। छिट्टै लखनउ लिने योजना छ।हरिचन्द्रकाे, ‘अहिले शरीरमै दिसापिसाब हुन्छ। दुवै खुट्टा चल्दैनन्, दाँया हात पनि चन्दैन, दिसापिसाब गर्न पेटमा पाइप जडान छ। अहिले त्यहाँ पनि घाउ बल्झियो। घाउ सफा गर्ने, औषधि खाने पैसा छैन।’ कुनै आम्दानीको स्रोत छैन, भएको उसको नामको सम्पत्ति समेत बिक्री गरेर बस्ने घर पनि उपचारका लागि बैंकमा धितो राखिएको छ।

‘छोराको दिसापिसाब स्याहार्न मात्रै मासिक लगभग ३ हजार रुपैयाँको पञ्जा चाहिन्छ, २० हजारको औषधि चाहिन्छ। घाउ बल्झिँदै गयो। अहिले त ह्विल चेयर पनि छैन। बोकेरै अस्पताल घाउ सफा गर्न आवतजावत गर्न समस्या छ। मासिक खाना जुटाउन पनि निकै कठिन छ।हरिचन्द्रका बुबा कर्मसिंह रावल पनि बिरामीले थला परेका छन्। यसले पीडामा झनै पीडा थपिएको छ। पेट र पायल्सको सल्यक्रियापछि झन् बिग्रेर दैनिक जीवनयापन गर्न कठिन छ। हरिचन्द्रको यस्तो हालत हुँदा बिचमै श्रीमती पनि छोडेर अर्काको विवाह गरेको परिवार स्रोतले बताउँछ।श्रीमतीले छाडेर गए पनि छोरी हरिचन्द्रको साथमा जेनतेन पढिरहेकी छिन्। स्थानीय सरकारसँग उपचार खर्च माग नगरेका पनि होइनन्। तर कहिले पनि सुनुवाइ भएन्।

सिस्नु बेचेर उपचार खर्च जाेहाे गर्दै: कर्मकली रावल

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds