नेपाल–भारत सीमाको नरैनापुरमा अनुगमन

बाँके,२५ साउन ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको संयुक्त अनुगमन गरेको छ । नरैनापुरसँग जोडिएको अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भ तथा सीमाको अवस्था बारे अवलोकन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली, लेखा अधिकृत, इन्जिनियर र नापी कार्यालयका प्रतिनिधिहरूको टोली सीमास्थल पुगेको हो ।

बाढी–डुबान प्रभावित नरैनापुर क्षेत्रमा नदीनालाले सीमा स्तम्भ बगाउने जोखिम रहेकाले संयुक्त अनुगमन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए । उनका अनुसार नरैनापुरस्थित ६४१ नम्बरको सीमा स्तम्भ जीर्ण अवस्थामा पुगेकाले तत्काल मर्मत आवश्यक छ । बाँकेको ६५ किमी सीमावर्ती क्षेत्रमा ३२ मुख्य र २७९ सहायक गरी ३११ वटा सीमा स्तम्भ रहेका छन् ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमामा सशस्त्र प्रहरीले सीमित स्रोतसाधनमा पनि निरन्तर सुरक्षा दिँदै आएको उल्लेख गर्दै, गाउँपालिका पनि सहकार्यका साथ सुरक्षामा सक्रिय रहने बताए ।

सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बीओपी) स्थापना भएसँगै नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती प्रभावकारी भएको स्थानीयको भनाइ छ। नरैनापुर–१ का रोज अलि जोलाहले सुरक्षाकर्मीको सशक्त उपस्थिति पछि एसएसबीको अघोषित कब्जाको समस्या हटेको बताए । उनका अनुसार साना विवादहरू पनि दुवै देशका सुरक्षाकर्मीको छलफलमार्फत समाधान हुने गरेका छन् । स्थानीयवासी जोलाहले नरैनापुरमा छोटी भन्सार पुनः सञ्चालन भए जनतालाई ठूलो राहत हुने विश्वास पनि व्यक्त गरे ।

नेपाल–भारत सीमाको नरैनापुरमा अनुगमन

कर्णालीमा कांगेस–एमाले सम्बन्ध सुधारको बाटोमा

नेपाल–भारत सीमाको नरैनापुरमा अनुगमन

गोहीको आक्रमणमा बेपत्ता युवकको शव भेटियो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds