पौडी खेल्ने क्रममा दुई बालबालिकाको ज्यान गयो, एकजना बेपत्ता

 

रुकुम पश्चिम्  ,२३ जेष्ठ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ र जाजरकोटको नलगाड नगरपालिका–८ को सिमानास्थित मन्मै क्षेत्रको ठुलीभेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार, जाजरकोट नलगाड–८ निवासी टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही स्थानका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेश कुसारीको मृत्यु भएको हो।

शुक्रबार दिउँसो उनीहरू ठुलीभेरी नदीमा पौडी खेल्न गएका थिए। नदीमा डुबेका उनीहरूमध्ये भगवतीलाई उद्धार गरेर आठबिसकोट नगर अस्पताल ल्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। महेश कुसारीको शव भने घटनास्थलबाट करिब तीन किलोमिटर तल फेला परेको छ।

उनीहरूसँगै पौडी खेल्न गएकी महेश कुसारीकी १२ वर्षीया दिदी आशा कुसारी भने हालसम्म बेपत्ता रहेकी छन्। उनको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिएका छन्।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू मिलेर नदी किनार क्षेत्रमा खोजी कार्य तीव्र पारिएको छ।

पौडी खेल्ने क्रममा दुई बालबालिकाको ज्यान गयो, एकजना बेपत्ता

नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि बृहत् छलफल, दबाब

पौडी खेल्ने क्रममा दुई बालबालिकाको ज्यान गयो, एकजना बेपत्ता

बाजुराको भम्का बजारमा भीषण आगलागी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds