घुयँत्राे:“जनताको चेतना अपग्रेड : भदौ २३ अघि जस्तै ‘लोडसेडिङ मोड’ मै”

नेपाली जनताकाे ज्ञान, सीप, दक्षता,उत्सुकता,काैतुहलता, बुध्दिविवेक,हेर्ने नजरिया, चाहना,हैसियत,सिमा, शिक्षा,आँट,जाेशजाँगर,प्रविणता,काैशलता,प्रस्तुति,भदाै २३ अघि जस्तो थियाे जेनजी आन्दोलन पछिपनि त्यस्तैछ । विल्कुल परिवर्तन र विकास भएकाे छैन नत चेतनानै जागेकाेछ । हिजाे यिनिहरु नेपाली राजनीतिक दलहरु,काँग्रेस ,एमाले र माओवादिलाई जसरि हेर्थे आउने चुनाबमा नि यिनिहरुले त्यसरिनै हेर्नेछन । किनभने नयाँ दल दर्ता गर्नेहरुकाे हैसियतनि जनताले हेरि सकेका छन । याैटा दलबाट फुटेर अर्कोतिर गएर दल दर्ता गरेर आउनेहरुकाे भीडमात्रै ऐले नयाँ दल दर्ता गर्नेमा छन ऐले चर्चामा रहेका र नयाँदलबनाएर आएकामा जनताले चिनेका भनेका कुलमाननै हुन तर पनि कुलमानले नि जेनजी आन्दोलन सम्हालेपछि सरकार सम्हाल्दा जनताले अब भष्टाचारी, अपराधि, लुटेरा, विध्वंशकारीहरुलाई कार्वाहि हुन्छ हाेला हिजाेका दिनमा देश लुटि खानेहरु एक एक गरेर काल काेठरी जान्छन र देशले विकास र समृद्धिकाे समाउँछ भनेर आश लगाएर बसिरहँदा आज जेनजी आन्दोलन पछिका ८४ दिन र ८४ रात वित्दासम्म कुनैपनि दलका कुनैपनि नेतालाई कार्वाहि नहुनु भष्टाचारीहरु झन खुलेआम भष्टाचारमा डुब्नु सरकारकाे कर्मचारी प्रशासन र सुरक्षा निका झन छाडारुपमा दलका टाङमुनि छिरेर उनलाई कार्वाहि गर्न तयार नहुनु र पुराना दलका कार्कर्ताहरु झन वितण्डामच्चाउन सडकमन उफ्रि रहनु जस्ता घटनालाई हेरेका जनताले पुराना दल छाेडलान त्यस्ताे लागि रहेकाे छैन ।उनले हिजाे जे घाेकेका छन त्यहिनै फलाक्नेछन । ल एमाले, काँग्रेस माओवादिले त केही गरेनन रे परिवर्तन कै गुड्डि हाँक्ने हिजाेकै सदनमा गएका रास्वपा, राप्रपाले परिवर्तनका लागि के गरे त ? ल दलीय सरकार त दुई तिहाईकाे थियाे केही गर्न सकेनन रे ! तर जेनजी आन्दोलन पछि बनेकाे कार्की सरकारलाई यी भ्रष्ट र विध्वंशकारीहरुलाई कारबाहि गर्ने माग राखेर कैल्यै सिंहदरबार छिरे । अहँ छिरेनन बरु उल्टाे जेलमा रहेकाे आफ्नो अध्यक्ष छुटाउन कारागार पुगे र यीनिहरुकै कारण देशभरका कारागारबाट कैदि भागेर ऐले देशलाई कैदि खाेज्न टाउकाे दुखाई भै रहेकाेछ । नितान्त निजि स्वार्थ मात्र हेर्ने यी दललाई नि जनताले चिनि सकेका छन र नापि सकेकाछन ।
अर्कोतिर रास्वपाकै सहाेदर मितेरी पाटि राप्रपा “अर्थ न बर्थ गाेबिन्द गाई ” भनेझैँ उसकाे सँधैकाे माग भनेकाे ज्ञानेन्द्रलाई गद्दिमा बसाउने । उसलाई देश , जनता,विकास, समृद्धि , राेजगारी उन्नति प्रगति भन्ने केही छैन बस १ सुत्रिय माग र नारा ” राजा आउ देश बचाउ” देश बचाउने आफ्नाे हुति भएन अनि राजा आउ देश बचाउ भन्याे बस्याे । यस्ता हुतिहारा दलहरुकाे चालामाला देख्दा जनता पनि हुक्क दिक्क भएर ” जाेगी आएनि कानै चिरिएका” भन्ने उखानलाई सम्झिँदै आउने चुनाबाँ उहीँ काँगेसकाे रुख र उई एमालेकाे सूर्यमै भाेट हाल्छन अनि उइ काँग्रेस एमाल्या गठबन्धनाँ सरकार बन्छ । अनि संसारमै नहुने वामपन्थी र दक्षिणपन्थी बीच बनेकाे सरकारले राज गर्छ । अनि फेरि उनै ओलि प्रधानमन्त्री बन्छन अनि उनै भष्टाचारी र आतंककारीका दिन आउँछन । न नेपाली जनता न राजनीतिक दल कसैमा पनि राजनीतिक सपध्दान्तकाे ज्ञान र प्रणालिकाे मर्म था छैन अनि त्यस्ता जनताले राेज्ने पाटि अनि पाटिले राेज्ने सिर्फ सत्ताकाे स्वादमात्रै भएछि आन्दोलनले चाहेकाे जस्तो कहाँ प्राप्त हुन्छ । त्यसैले जेनजी आन्दोलनकाे याैटा मात्र प्राप्ति भनेकाे ८४ मा हुने निर्वाचन ८२ मा हुने हाे त्याे भन्दा अरु कुनै परिवर्तन हुने छैन । त्यै चुनाब पनि हुन्छ भन्ने ग्यारेन्टी छैन किनभने संसद पुन स्थापना गरिपाउँ भनेर दल अदालत पुगेकैछन अदालतमा उनैले राजनीतिक नियुक्ति गरेका न्यायाधीश छन उनिहरुलाई लाग्याे भने संसद पुनःस्थापन नै गरिदिन सक्छन ।
अनि दल दर्ता गरेर यत्रा डल्ला खाम्ला र देश लुटम्ला भनेर मुखबाएर बसेका दलका नेताहरलेनि था पाउनेछन देश कुन अबस्थाँ गुज्र्याछ भनेर । त्यसैले नेपाली जनतामानै चेतना नभरियसम्म देशबनाउँछु भनेर बन्ने वाला छैन । बन्ने भए ! ३६ देखि ८२ सम्म कति राजनीतिक परिवर्तन भए ! खैत देश बनेकाे ? !






