अवरुद्घ राजमार्ग खुलाउन नेपाली सेना सक्रिय

गाेल्डेन बुढा
जुम्ला,१७ भदौ।
यहीँ भदौ १४ गतेदेखि अवरुद्घ भएको कर्णाली राजमार्ग सुचारु गर्न नेपाली सेनाकाे टाेली गगने खाेलामा पुगेको छ।जुम्ला -सुर्खेत सडकखण्ड अन्तर्गतको कालिकोट शुभकालिका-१ गगने खाेलामा पहिरो गएको छ। सेनाको टोलीले ब्लाष्टिङको तयारी गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी इन्जिनियर प्रदीपनारायण चौधरीले बताए।उनका अनुसार सेनाको टोलीले सोमबार तीन वटा ब्लाष्टिङ गरेको थियो । पहिरो सँगै आएको ठुलो ढुंगा तीन वटा ब्लाष्टिङ गर्दा पनि नफुटेपछि फेरी मंगलबार बिहानै सेनाको टोली गगनेखोलामा पुगेको हो।

सडक खुलाउने तयारीका साथ सेना सकृय रहेको सुचना अधिकारी चौधरीले बताए।उनले,भने´झण्डै एक सय घनमिटरको ढुंगा सडकमा खसेको छ।यसअघि सडक डिभिजनले डोजरको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरेपछि चट्टान फोड्न सकेको थिएन।पाँच दिनदेखि कर्णाली राजमार्ग ठप्प हुँदा जुम्ला देखि पठाइएका झण्डै १३ करोडको स्याउ कुहिने अवस्थामा पुगेको छ।जुम्लाका किसानले छिटोभन्दा छिटो सडक खुलाएर स्याउ ढुवानीमा सहजता ल्याइदिन माग गरेका छन ।





