पाँच दिनपछि खुल्यो,जुम्लाको सिंजा गाउँपालिकाकाे ताला

गाेल्डेन बुढा
जुम्ला,१६भदौ।
जुम्लाको सिंजा गाउँपालिकामा लगाइएको ताला पाँच दिनपछि खुलाइएको छ। गत बुधबार(भदौ) ११ गतेदेखि लगाइएको ताला आइतबार खुलेको हो।बजेट संशोधनको माग गर्दै चार जना वडाध्यक्षको नेतृत्वमा ताला लागेको थियो।दिउँसो १ बजेबाट बसेकाे बैठकले बेलुका साढे ६ बजे सहमति टुंगो लागेको हो।उक्त वडामा ६ वडा छन।जसमध्ये १,४,५ र ६ नम्बरका वडा अध्यक्ष बजेटको विपक्षमा उभिएका थिए।नेपाली कांग्रेस, एमाले, नेमकिपा, एकीकृत समाजवादी र राप्रपा लगायतका दलहरु बजेटको विपक्षमा एकजुट भएर संघर्ष समिति समेत गठन थिए। उक्त संघर्ष समितिले ९ बुँदे माग राखेको थियोे। १र ५ नम्बर वडा नेपाल काङ्ग्रेसले जितेको छ,दुई र तीन नम्बर माओवादीले जितेको छ।भने चार एमालेले जितेको छ।यस्तै ६ नम्बर वडामा नेमकिपाकाले जितेको छ। गाँँउपाालिका अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको छ। माओवादी निकटका जनप्रतिनिधिले बाैमतकाे दम्भ देखाएर कार्यकर्तामुखी बजेट ल्याएको आराेप लगाएका थिए।आइतबार गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको अध्यक्षतामा बसेको वडाध्यक्षहरु, सबै दल र संघर्ष समितिका पदाधिकारीबीचको बैठकले गाउँपालिकामा लागेको ताला खुलाउने निर्णय गरेको हो । बैठकले सात वटा निर्णय गरेको छ । सिंजा २ मा विनियोजन भएको सडकको १४ लाख ६३ हजार एक सय ४ रुपैयाँको बजेट ६ वटै वडाध्यक्षको संयुक्त अनुगमन प्रतिवेदन कार्यालयमा पेस भइसकेपछि मात्र भुक्तानी प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।यस्तै,सिंजा- २ र ३ स्थित रनुखाना कोटेसाँघु बेलिब्रिज पुलको तत्काल गाउँपालिकाले बोलपत्र आह्वान गर्ने, लागत अनुमान बमोजिम अपुग हुने रकम केन्द्रीय सरकारसँग माग गर्ने र त्यसका लागि सर्वदलीय संयन्त्र तयार गर्ने निर्णय भएको हो । यदि यति गर्दा पनि बजेटको व्यवस्था हुन नसकेमा गाउँपालिकाको रकम व्यवस्थापन गर्ने सहमति भएको छ ।

चालु आर्थिक वर्षको बजेट आयोजना र कार्यक्रम संशोधन गर्नुपरेमा गाउँपालिकाको विधायन अधिवेशनमा छलफल गर्ने र सडक ग्राभेल गर्न प्रयोग हुने डोजर र टिपर भाडाका लागि विनियोजन भएको बजेट अपुग भएमा व्यवस्थापन गर्ने निर्णयसमेत भएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए।गाउँपालिकाको सवारीसाधनमा प्रयोग हुने इन्धन खरिद गर्न सार्वजनिक सूचना प्रकाशन गरी बोलपत्र घटबडको माध्यमबाट खरिदको प्रक्रिया अघि बढाउने, समान रुपमा निर्णय हुन नसकेका विषयमाथि हिउँदे अधिवेशनमा छलफल गर्ने निर्णय भएको हो ।गाउँपालिकाको सवारीसाधनमा प्रयोग हुने इन्धन खरिद गर्न सार्वजनिक सूचना प्रकाशन गरी बोलपत्र घटबडको माध्यमबाट खरिदको प्रक्रिया अघि बढाउने, समान रुपमा निर्णय हुन नसकेका विषयमाथि हिउँदे अधिवेशनमा छलफल गर्ने निर्णय भएको हो।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट गत असार ३१ गते पारीत गर्दा दुवै पक्षका १४/१४ जना मात्रै उपस्थित थिए ।यता गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले आफू बजेटको पक्षमा उभिएको भनेपछि बजेट पारीत गरेको थियोे। सिँजा गाउँपालिकाको गाउँसभामा १८ जना माओवादी केन्द्र र १६ जना अन्य पार्टीका जनप्रतिनिधि छन्।





