कर्णाली करिडोरको सर्केगार्ड खार्पुनाथ अबरुद्ध सडक सुचारु

कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्डदेखि खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्मको सडक अबरुद्ध भएको २७ दिनपछि सुचारु भएको छ । अबरुद्ध सडकलाई लालीवगरदेखि दुल्लीकुनासम्म सडक निर्माणको काम गर्दै आएको नेपाली सेनाले भत्केको सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।

प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार ठाउँठाउँमा पहिरो अबरुद्ध भएको २७ दिनपछि सर्केगार्ड खार्पु सडक सुचारु भएको छ ।

उक्त खण्डको सडक सेनाले निर्माण गरेको तर हाल नेपाली सेना कालीकोट गएको कारण सेनाले नै कामदार तथा मेशिन लगाएर सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।

सडक बिभागलाई सेनाले आफ्नो जिम्माको सो खण्डको सडक हस्तान्तरण नगरी सकेको कारण भत्केको सडक सेनाले नै मर्मत गरेर यातायात सेवा सुचारु गरेको छ ।

एक हप्ता लगातार अबरुद्ध सडकको मर्मत कार्य गरेपछि सुचारु भएको हो । सडक सुचारु भएसंगै यो खण्डमा खार्पुमा आउने चौध वटा मालबाहक सवारी साधन आउन सुरु भएको छ । यसअघि सलीसल्ला सर्केगार्ड खण्डको न्यासीमा अबरुद्ध भएको सडक मर्मतपछि यातायात सेवा सञ्चालनमा आएको थियो ।

खार्पु खण्डको लाली बगर देखि खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारसम्म एघार स्थानमा पहिरो गएर सडक भत्किएको कारण यातायात सेवा अबरुद्ध रहेको थियो । अब कर्णाली करिडोरको हुम्ला खण्ड पुर्ण रुपमा यातायात सेवा सुचारु भएको हो ।

कर्णाली करिडोरको सर्केगार्ड खार्पुनाथ अबरुद्ध सडक सुचारु

हुम्लामा ट्याक्टर दुर्घटना दुई जना घाइते

कर्णाली करिडोरको सर्केगार्ड खार्पुनाथ अबरुद्ध सडक सुचारु

दाउरा खोज्न जाँदा श्रीमतीलाई खोलाले बगायो, श्रीमान