बचाउ अभियानमा उठाएको रकम हस्तान्तरण


खाँडाचक्र नगरपालिका– ५ मा रहेको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परी घाइते भएका बुवा,छोरी बचाउन रकम संकलन अभियान शुरु गरिएको थियो ।
सामाजिक अभियान्ता तथा सफल ब्यवसायि हिरामणी चौलागाई सहितको टोलीले रकम संकलन गरेको हो । दुखत कुरा बुवा ,छोरी दुवैको मृत्यु भयो । उपचारको समयमा केही रकम दिएपनी आइतबार १३ औँ दिनको तिथिमा २ लाख,४० हजार,३ सय,८२ रुपैयाको चेक हस्तान्तरण गरिएको हो । सामाजिक अभियान्ता हिरामणी चौलागाईले दुखको समयमा सानो ,ठुलो रकम सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिएका छन् ।
१२ वर्षीया हेमन्ती चौंलागाईं र ५० वर्षीय नन्दराम चौंलागाईं बनमा लागेको आगोमा आफ्ना बाख्रा जले–नजलेको हेर्दै जाने क्रममा उनीहरुलाई आगोले पोलेको थियो । यस दुखत घडीमा खाँडाचक्र नगरपालिकाले घाइते परिवारलाई ३ लाख ८० हजार आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण पनी गरेको हो ।






