मुगुमा भाईरल ईन्फल्नजा फैलिएको पुष्टि


मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाँउपालीका—६ पुरुमुरु गाँउमा तिन जनाको ज्यान जानेगरी फैलिएको भाईरल ईन्फल्नजा पुष्टि भएको छ ।
सोरु गाँउपालिका—६ का पुरुमुरु र जिमा गाँउमा डेढसाता अघिबाट फैलिएको मौसमीरुगा खोकीबाट तिन जनाको मृत्यु भएको थियो । एक सय ५० जना थला परेको थिए । थला परेका मध्ये एक सय ३५ जनामा उक्त स्थानमा पुगेको डाक्टर सहितको टोलीले चेकजाँच गर्दा भाईरल ईन्फल्नजा लक्ष्यण देखिएको र बिरामी परेका मध्ये ११ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा भाईरल ईन्फल्नजा भएको पुष्टि भएको हो ।
जिल्ला अस्पात मुगुका डाक्टर कमल ढुङ्गानाले दिएको जानकारी अनुसार उक्त क्षेत्रबाट एक सय ५० जना मध्ये एक सय ३५ जनामा भाईरल ईन्फल्नजाको लक्ष्यण देखिएको थियो । त्यस्ता खाले बिरामीहरु मध्ये ११ जनाको स्वाभ संकलन गरी परिक्षणकालागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको थियो ।
पठाईएको सेम्बल मध्ये १० जनाको परिक्षण गर्दा एक जनामा कोभिड् १९ को भाईरस, एक जना भाईरल ईन्फल्नजा, एक जनामा भाईरल ईन्फल्नजा बि र अरु ७ जना बिरामीहरुमा भाईरल ईन्फल्नजा भएको रिर्पोट जिल्ला अस्पातलमा प्राप्त भएको डाक्टर ढुङ्गानाले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्राप्त रिर्पोट अनुसार उक्त भाईरष्टल ईन्फुल्न्जा भएको पुष्टि भएपनी थप अनुसन्धानकालागी त्यस क्षेत्रमा स्वास्थ्य तथा जन संख्या मन्त्रालय अन्त्रर्गत ईपिडिमोलोजी महाँशाखा, बिश्व स्वास्थ्य संगठन सुर्खेत, र जिल्ला अस्पातलबाट गरी तिन जनाको डाक्टर सहितको टोली बुधबारजै सोरु गाँउपालिका—६ पुरुमुरु र जिमा गाँउ तर्फ हिडेको र डाक्टरको टोली केही दिन उक्त स्थानमा बसेर थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले बताए।सोरु गाँउपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीका अनुसार केही समय अगाढीबाट फैलिएको भाईरल ईन्फल्नजा नियन्त्रण गर्न गाँउपालिकाले औषधी स्वास्थ्यकर्मि परिचान गरेको छ ।
बुधबार जिल्ला अस्पातलबाट डाक्टर सहित टोली गाँउमा पुग्ने बताएका छन । उपाध्यक्ष शाहीका अनुसार दुबै गाँउमा अहिले बिरामीहरुको संख्या पहिलाको भन्दा घट्दै आउन थालेको बताए ।सोरुगाँउपालिका —६ पुरुमुरु गाँउका ७२ बर्षिय हरिबहादुर शाही सोही गाँउकी ७५ बर्षिया कृती छत्याल र २४ बर्षिया की कुशुम ढोलीको मृत्यु भएको थियो ।






