११ वर्षमा विहे, १५ वर्षमा आमा


जुम्लाको कनकासुन्दरी– गाउँपालिका –७ की ६३ वर्षीया सरस्वती रोकायाले १२ वर्षको कलिलो (कोपीला) उमेरमा विवाह गरिन् । अहिले उनका दुई छोरी चार छोरा छन् । ५ वटा बच्चा मरे, केही गर्भास्थामा खेर गएँ, केही दुईचार महिना पुगेर मरे ।
उनले स्कुल पढ्न पाइनन् । न बालविवाह गरेको थाहा पाइन्।नत बालविवाहले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकार थिइन् । उनले भनिन्,‘अन्जानमा बालविवाह गरेर बन्धनमा बाँधिन पुगे।’रोकायाले दुखेसो गरिन् ।
आमा–बुबाले नै केटो मागि दिए। उनले विवाहका लागि पक्का गरिसकेकोले सरस्वतीले बाबु–आमाको इज्जत र प्रतिष्ठाका लागि पनि विवाह गरेको सुनाइन् ।
उनले भनिन्,‘पहिले गर्भमा हुदैँ छोरी दिने र माग्ने चलन चल्ती थियो। त्यो भन्दा केही जान्ने भइसकेपछि विवाह गरे,उनले भनिन्,‘तर, स्वास्थ्यका हिसावमा परिपक्क नहुँदा पाउनु दुख पाए । ’अहिले आएर थाहा भएको उनी बताउँछिन् ।
सानै उमेरमा विवाह गर्दा स्वास्थ्यमा असर देखा परेको उनी बताउँछिन् । उनले थपिन्,‘अन्जानबस मैले त सानै उमेरमा विवाह गरे । अबको पिढीले परिपक्क उमेर भएपछि मात्र विवाह गर्नुपर्छ भनेर गाउँमा सुझाउँछु। रआजभोलि घरमा छोरी–छोरालाई सानो उमेरमा विवाह गर्दा आइपर्ने समस्या दर्शाउँदै समस्या निराकरणमा लाग्न सचेतना दिदैछु । उनले भनिन् ।
उनी अहिले बालविवाह न्युनिकरण अभियानमा निकै खटिएकी छिन् । बालविवाह गर्न हुँदैन । कानुनले पनि बालविवाह गर्नुहुदैन भन्ने स्पष्ट गरिसकेको छ भन्दै गाउँमा प्रचारप्रसार गर्छिन् । सानै उमेरमा प्रेम भएपनि उमेर पुगिसकेपछि मात्र विवाह गर्नु पर्ने तर्क उनको छ ।
सरस्वतीले थपिन ‘सबैभन्दा ठुलो मानव स्वास्थ्य हो । बालविवाह गर्दा स्वास्थ्यका हिसाबले अवस्था नाजुक हुन्छ । गाउँमा बालविवाह रोक्नअनेक प्रयत्न गरिरहेका छौं । ’ अर्की सोही वडाकै हरिकला रोकायाले पनि ११ वर्षको उमेरमा विवाह गरिन् ।
१५ वर्षको उमेर छोरी जन्मिएको बताइन् । अहिले ६८ वर्ष पुगिसकेकी हरिकला सानो उमेरमा विवाह गरेकोमा पछुताउँछिन् ।
‘उनले भनिन्,‘अहिले स्वास्थ्य ठिक छैन । पछुतो लाग्छ ।’ उनले विवाह गरिसकेपछि बालविवाह गर्दा आउने समस्याका बारेमा जानकार हुन सकेको बताइन् । पहिले केही थाहा थिएन,विवाह गरिसकेपछि थाहा पायौँ,उनले भनिन्,‘अब हामी त बालविवाहको शिकार बन्यौ, तर अहिलेको पिढिँ र भावी पुस्ताले बालविवाह गरेर भविष्य नबिगारोस भन्ने जोड गर्छिन् ।
अहिले हरिकाला र सरस्वती गाउँमा बालविवाह, छुइ प्रथा जस्ता विकृती जन्य क्रियाकलाप अन्त्य अभियानमा सक्रिय रुपले जुटेर लागेकी छिन् । उनीहरु गाउँमा किशोरकिशोरी,युवायुवती र बुढापाका सबैलाई बालविवाह नगर्न आग्रह गर्छिन् ।
बालविवाहले गर्ने असरका बारेमा सुसूचित गर्छिन । यता ६० वर्षकी खुमेनी रोकायाले भनिन्,‘बालविवाहका कारण धेरै किशोरी– किशोरले बीचमै पढ्न रोक्नु परिरहेको अवस्था छ । कार्यबोझ झेल्नुपरेको छ । स्वास्थ्य समस्या पनि अछुतो छैनन् ।
केहीले त अकालमै मृत्युवरण गर्नु परेको ज्वलन्त उदाहरणहरु पनि ताजै छन् । उनिहरु भन्छन् । हामी चाहन्छौँ । बालविवाहमुक्त समाज होस् । सबैले परिक्क उमेर भएपछि मात्र विवाह गरोस् । ’सोही गाउँकी ३२ वर्षीया राजदेवी कार्की बालविवाह जुनसुकै व्यक्तिका लागि हानिकारक भएको बताउँछिन् ।
उनले भनिन्,‘विहेवारी २० वर्षपारी गर्नुपर्छ। परिवारले पनि छिटो विवाह गर्न दवाव दिनुहुँदैन । उमेर नपुग्दा सम्म विवाह गर्नु भनेको आफ्नो भविष्य आफै बिगार्नु जस्तै हो ।’ उनी २० वर्षको उमेरमा बिवाहा गरेको बताउँछिन् ।उनले भनिन् ।
मैले २० वर्षमा बिवाहा गरे, ब्याएचुलर पढाइ पनि सिध्याए । अहिले सुखी परिवार छ । सासूससुरा, एक छोरा र श्रीमान छन् आनन्दित छ।कार्की भनिन् अहिले गाउँपालिको एनआईसी बैंककमा जागिर गर्छु । अन्य किशोरीलाई पनि परिपक्व र जागिर खाइसकेपछि मात्रै बिवाहा गर्न अपिल गर्छिन् । गाउँमा बालविवाह गरेका दिदीबहिनीहरु नै बालविवाह विरुद्धको अभियानमा लागेको देख्न खुसी लाग्ने गरेको बताउँछिन् ।
उनीहरुले स्थानीय सरकारलाई बालविवाह विरुद्धको कानुन ल्याउन माग समेत गरेका छन। बालविवाह गर्दा हुने भोजभत्तेर बहिस्कार गर्नुपर्छ । बालविवाह जन्य कुनै पनि क्रियाकलाप प्रतिबन्ध लगाउनुपर्छ। यो नीति आँगनमै आएको सरकारले बनाओस ।
राजदेवीले भनिन्,‘सचेतना र कानुनी ज्ञान संगसंगै अघि बढाउनु पर्ने देखिएको छ । यसमा तीनै तहको सरकारले ध्यान केन्द्रीत गर्नुपर्छ ।’ अहिले पनि जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका सहित सबै स्थानीयतहमा लुकिछिपी बालविवाह भइरहेको छ । बालविवाह रोक्न स्थानीय सरकार सामाजिक संघसंस्था हात धोएर लागिरहेका छन् ।
नेपालको बालविवाह सम्बन्धी ऐन कानुन नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गर्नुका साथै २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैर कानुनी हुने भएकोले बदर हुने व्यवस्था गरिएको छ ।





