बाँकेमा बस दुर्घटना: २ जनाको मृत्यु, २७ जना घाइते

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा बस अनियन्त्रित भई पल्टिँदा दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आज दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस बाँकेको गनापुरमा भन्ने स्थानमा दुर्घटना हुँदा अन्य २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए ।

घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा र १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस अत्यधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ ।

बाँकेमा बस दुर्घटना: २ जनाको मृत्यु, २७ जना घाइते

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध

बाँकेमा बस दुर्घटना: २ जनाको मृत्यु, २७ जना घाइते

सुर्खेतमा हावाहुरीले मकैबालीमा क्षति