सम्पादकीय: एसईई जनशक्ति उत्पादन गर्ने गेट बनोस्

माध्यमिक शिक्षा परीक्षा एसईई विद्यार्थीको पढाई क्षेत्रको एउटा महत्वपूर्ण खुड्कीलो मानिन्छ । जब विद्यार्थी एसईई दिन्छन तब स्वयम् आफु, परिवार, समाज र सिङ्गो देशको समेत आशा जोडिएको हुन्छ । उ अब आफ्नो ईच्छा, आर्थिक अबस्था र भविष्यको योजना अनुसारको विषय छनौंट गरेर अध्ययन गर्न पाउँछन । यसले पनि उसमा खुशी थपिएको हुन्छ, परिवारमा आशाको किरण थप छरिएको हुन्छ ।

उमेरका हिसावले पनि एसईई दिने व्यक्ति देशको गणनामा लगभग अटाउँछ । उ एउटा युवामात्र नभएर देशको उर्जावान जनशक्ति समेत बन्छ । आफ्ना सपना त हुन्छन नै उसले सङ्गसङ्गै परिवार, समाज र सिङ्गो राष्ट्रका लागि समेत भूमिका निभाउनुपर्ने हुन्छ । जो यतिबेलासम्म आर्जन गरेको शिक्षामा कति सफल या असफलता जाँच्ने कसीको रुपमा हेरिन्छ एसईईको परीक्षालाई ।

कर्णालीमा यो पटक मात्रै ३४ हजार भन्दा बढि विद्यार्थीले एसईई दिँदै छन् । यो जनशक्ति परिचालनका लागि यदि राम्रो शिक्षा हुन्थ्यो भने अहिलेका विश्वविद्यालयले थेगिसक्ने थिएनन । तर विडम्बना एसईई दिएका मध्येमा अधिकांश १०+२ अथवा कक्षा–१२ सक्काएर कुन देश जान कुन विषय पढ्नुपर्छ भन्ने तयारी गरेर योजना बनाउँछन् ।

पहिले पहिले भर्ना खोलेर हप्ता पन्ध्र दिनको समयका भर्ना नगरेमा भर्ना हुँदा डबल दस्तुर लगाउनेदेखी लिएर भर्ना नै गर्ने कोटा छैन अब अर्को बर्ष पढ्नु भन्ने विश्वविद्यालयले एक महिनाको समय भर्ना खुलाउँछ त्यसैमा पनि न्यून भर्ना भएर थप १५ दिन थप्दा पनि विद्यार्थी पाउँदैनन । उसो त बर्षै भरी भर्ना खुला गरेपनि विद्यार्थी पाउनेवाला छैनन विश्वविद्यालयले । किनकि कोही नि छैनन युवा देशमा मान्छे भए न पढ्ने हुन भएका तिनै अलिअलि हुन बाँकी कोही खाडी, युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडा अनि जापान लगायतका देशमा गैसकेका छन् ।

देशप्रतिको मायाँ हराएको हो की ? शिक्षा नीति र देशकै नीति नै वेरोजगार युवा जनशक्ति उत्पादन गर्ने खालको हो की ? या त सरकारको नीति युवा कुन देशमा बेच्दा (पठाउँदा) फाईदा हुन्छ भनेर देशको बजेट बन्ने भएर पो हो कि ? के हो भन्ने कुराको उत्तर दिने निकाय कुन होला ? होला कि नहोला ? भएको भए जवाफ किन नदिएको होला ? किन युवालाई र एउटा पेसा गरिखान सक्ने शिक्षा पनि दिन नसक्ने खालका संस्था सञ्चालनमा किन यति सारो व्यापारिकरण भएको होला ? यस्तै अवस्था कायम रह्यो भने समाज र राष्ट्र कस्तो बन्ला ? यसको विषयमा कस्ले चिन्ता लिने होला ? चिन्ता लिएकाहरुले लिने चिन्ताको लेवल नपुगेरै नसच्चिएको त होला पदमा भएकाहरुले चाहे त पक्कै सच्चिने थियो होला नि । कसले सोचिदेला ? कसले सम्झिदेला यो देश र यि युवाको भविष्यको बारेमा ।

कुनै देशलाई कमजोर पार्न छ भने त्यो देशको धर्म र शिक्षामा प्रहार गर्नुपर्छ भन्ने कुरा हाल देशमा लागु भएको छ । थप केही समय यहि अवस्था रह्यो भने यहाँ नेता, सरकारी कर्मचारी र केहि बृद्धबृद्धामात्र रहने कुरा निश्चित छ । हाम्रो शिक्षाले न शारिरिक श्रम गर्न सिकायो, न मानसिक श्रम गर्न नै सिकायो । पढ्न कति पढेको छ भन्ने कुराले भन्दा पनि उ कति व्यवहारिक छ भन्ने कुराले उसले गर्ने कार्य निर्धारण गर्छ ।

न संस्कार न सिप के छ र गरिखान्छन त देशमा युवाले ? ढिला भैसक्यो अझै चेत नआए चेत आउने बेलासम्ममा धेरै ढिला भैसकेको हुनेछ । शिक्षाले त विद्यालयको परीक्षामा एप्लस होईन व्यवहारिक कुरामा एप्लस ल्याएको व्यक्तिले मात्र जीवन सजिलोसङ्ग जिउन सक्छ । पढाई डिग्री छ तर न भात पकाएर खान सक्छ, न आफ्ना कपडा धुन सक्छ के काम छ यस्तो शिक्षाको ? जबसम्म व्यवहारिक शिक्षा दिईदैन तबसम्म केहि सुध्रिने र हुनेवाला छैन । देश बनाउँछौ भनेर गफ दिन भन्दा पहिला शिक्षा नीति सुधार ।

सम्पादकीय: एसईई जनशक्ति उत्पादन गर्ने गेट बनोस्

YUGAAWHAN NATIONAL DAILY (2080-12-15)

सम्पादकीय: एसईई जनशक्ति उत्पादन गर्ने गेट बनोस्

पानीको अभावले थप्दैछ महिनावारीको बेलामा संकट