उत्पादित कृषि उपज बेच्दै किसान


जुम्ली किसानको उत्पादनलाई नगद बनाइदिने थलो हो, चनदननाथ मिनि मार्केट । मिनि मार्केटले किसानका बारीमा उत्पादन हुने मार्सी चामल, भटमास, सिमि, चिनो, कागुनो, फापर, स्याउ तथा स्याउका परिकार, दाँते ओखर, काष्ठ कलाकृति, जुम्बो देखि जडिबुटि मिश्रित चिया खरिद बिक्रि गरिरहेको छ ।

गाउँबस्तीका किसान र बजारका उपभोक्तालाई जोडेको छ, चन्दननाथ मिनि मार्केटले । पहिले किसानका उत्पादन बेच्न खोज्दा व्यापारी भेट्न मुस्किल पथ्र्यो । अहिले सबैखाले उत्पादन विक्रिमा सहज भएको पातारासी ६ बाँता गाउँकी मागि महताराले बताइन । ‘हामी कुनैपनि विषादी प्रयोग गर्दैनौं, स्वच्छ र ताजा उत्पादन सहजै विक्रि हुन्छन्, पहिले डोकोमा बोकेर व्यापारी खोज्नुपथ्र्यो, पैदल हिंडेर बजार सम्म पुग्नुपथ्र्यो, अहिले गाउँगाउँमा सडक बनेपछि सजिलो भएको छ ।’ उनले सुनाईन् ।

चन्दननाथ सहकारी द्धारा सञ्चालित यो मिनि मार्केटमा कतिपय किसान आफ्नो कमाई बचत पनि गर्छन । सहकारीमा २५ हजार सदस्य छन्, मिनि मार्केटमा ३ सय किसानले बचत गरिरहेका छन् । मिनि मार्केटमा जुम्लाका आठै स्थानीय तहका किसानले आफ्ना उत्पादित कृषि उपज बेच्दै आएका छन् ।

तर ३ सय जनाले मिनिमार्केटमा बचत गरिरहेको व्यवश्थापक राजु बोहोराले जानकारी दिए । मिनि मार्केटको शाखा सुर्खेतमा समेत सापना गरिएको छ । चालु आर्थिक वर्षमा सुर्खेत शाखामा किसानबाट २० लाख बराबरको खरिद र २४ लाख बराबरको अर्गानिक कृषि उपज विक्रि भएको सुर्खेत शाखाले जनाएको छ ।

हिमाली क्षेत्र जुम्ला अर्गानिक कृषि उत्पादनका दृष्टिले प्रसिद्ध छ । सिमि, मार्सी चामल, आलु र स्याउ, ओखर जस्ता फलफूल जुम्लाका पहिचान हुन्, । पहिले बजारीकरणको अभावले बारीमै कुहिएर खेर जाने कृषि उपज अहिले सहकारीले धमाधम खरिद गर्नथालेपछि किसानलाई राहत भएको हो ।

यता हिमालयन बहुउदेश्यीय सहकारीले गाउँबस्तीमै पुगेर आलु खरिद गर्छ । आलुको लागि प्रसिद्ध पातारासी गाउँपालिकाबाट खरिद गरि सुदुर पश्चिम, मद्यपश्चिम का जिल्लाहरुमा निर्यात हुन्छ । हरेक वर्ष हिमालयन बहुउदेश्यीय सहकारीले पातारासीबाट खुम जातको सेतो आलु गरिद गरेर जिल्ला बाहिरका आलु जोन, कृषि विकास कार्यालयमा बेच्दै आएको बजार व्यवश्थापक राजेन्द्र बुढाले बताए ।

जुम्ला पुग्ने पर्यटक र आगन्तुक पाहुनाले यहाँबाट चिनोका रुपमा अर्गानिक सिमि, मार्सी चामल, चिनो, कागुनोको चामल, खरायोको टोपी, मह, सिस्नो र जडिबुटिको चिया लिने प्रचलन विकास भएको छ । कृषि उपज विक्रि हुनथालेपछि किसान उत्पादनमा जोडिदै गएका छन् । साथै जडिबुटि मिश्रित चिया समेत विक्रि हुन थालेपछि आम्दानीको स्रोत समेत बढेको छ । जुम्लाका होटलहरुमा समेत अर्गानिक परिकारहरु विक्रि हुन थालेको छ । यसले पनि किसानका उत्पादन विक्रिमा टेवा पुगेको छ ।

उत्पादित कृषि उपज बेच्दै किसान

आमाको मृत्युपछि चार महिने शिशुसहित तीन बालबालिका

उत्पादित कृषि उपज बेच्दै किसान

पाँच दिनदेखि हवाई उडान प्रभावित