एसईईको नतिजा बिहीबार सार्वजनिक हुने


माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बुधाबार नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।
तर केही प्राविधिक तयारी नपुगेकाल बिहीबार विहान मात्रै नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार हस्ताक्षरसहित सबै प्रक्रिया पूरा गर्दा रात पर्ने भएकोले बिहीबार सार्वजनिक गर्ने निर्णय भएको हो ।
१५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए ।






