जुम्ली किसानका सयपत्री फूलहरू


ढकमक्क फुलेका सयपत्रीले तिहार घर आँगनमै आइसकेको संकेत गर्छन् । धेरै मानिसका घर, आँगन र बारीमा अहिले ढकमक्क फूल फूलिरहेका छन् । फूलहरुको पर्व तिहार नजिकिँदै जाँदा व्यावसायिक रुपमा फूल खेती गरिरहेका जुम्लाका किसानको व्यस्तता पनि बढेको छ । तिहार नजिकिएसँगै जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँकी कृष्णमाया कठायतको व्यस्तता बढेको छ ।
बारीमा फूलेका सयपत्री फूलको रेखदेखमा उनले समय दिइरहेकी छन् । पाँच वर्षदेखि व्यावसायिक फूल खेती थालेकी कठायतले यो तिहारलाई लक्षित गरी २ रोपनीमा फूल लगाएकी छ । माग राम्रो भएकाले गत वर्षको तुलनामा दोब्बर क्षेत्रफलमा खेती गरेको उनी बताउँछिन् ।
उनले अघिल्ला दुई वर्षको यहीँ तिहारमा फुलका माला बनाएर बेचेर २५ हजार रुपैयाँ रुपैयाँभन्दा बढीको फूलको माला व्यापार भएको बताइन् । कृष्णमायाले भनिन्, ‘यस वर्ष तिहारका लागि तीस हजारभन्दा बढी माला तयार हुन्छन् । प्रतिमाला एक सय ५० देखि दुई सय रुपैयाँका दरले घरबाटै व्यापार गर्नेछ ।’ उनले पहिलो वर्षमै राम्रो आम्दानी भएपछि हौसिएर फूल व्यवसाय बढाउँदै लगेकी हुन् । ‘राम्रै भइरहेको छ । अर्को वर्ष फूलखेती तीन गुणा बढाउने योजनामा छु’, उनले भनिन् ।
उनले भनिन्, ‘फूलका माला जुम्लाको सदरमुकाम खलंगा बजार, बिक्री हुन्छन् ।’ तर, केही त? घरमै पुगेर लिन्छन् । माग अनुसार पु¥याउन सकिदैनन् । फूलखेतीबाट थोरै लगानीमा व्यवसाय गर्न र राम्रो आम्दानी लिन सकिने उनी बताउँछिन् । तिहारमा सयपत्रीको माग बढी हुने भएकाले धेरै रोपेको उनले बताइन् ।
उनले भनिन्, ‘फूल उत्पादन, बजार र मुनाफा राम्रो हुने भएकाले व्यावसायिक खेतीमै लागेकी छु ।’ तिहारलाई लक्षित गरेर बारी र आँगनको डिलसँगै करेसाबारीमा थोरै मात्रामा फूल रोप्ने चलन थियो । अहिले घर सजावटका लागि मात्रै रोपिने त्यही फूल व्यावसायिक खेती थालिएको उनले जानकारी दिइन् ।
यस्तै सोही नगरपालिकाको –८ जातिभिड गाउँकी कालिका भण्डारीले गाउँमै व्यवसायिक फूल खेती गरेकी छन् । गत वर्ष ५ हजार रुपैयाँका फूलका माला बेच्चेका उनीहरुले यो वर्ष दोब्बर माला बेच्ने लक्ष्य लिएका छन् । अहिले फूलेको फूल र मागको आधारमा यो वर्ष १० हजार रुपैयाँ बराबरको फूलको व्यापार हुने उनीहरुको अनुमान छ ।
किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् । उक्त गाउँका ६७ वर्षीय करे थापले सयपत्री फूल तयार पारिसकेका छन् । उनले विगत २ वर्षदेखि फूलखेती गर्दै आएको सुनाए । थापाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन् । विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ”, उनले भने,“ यसपटक पनि माग आउन थालिसक्यो। अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौं ।”
तिहारमा प्लाष्टिकका आयतित माला प्रतिबन्ध गर्नुपर्ने किसान बताउँछन् । जानकारका अनुसार, आयतितभन्दा आफ्नै ठाउँमा उत्पादन भएको फूलको माला तिहारको दिन लगाउँदा उपयुक्त हुन्छ । अब फुलखेतीमा किसानको आकर्षण बढाउनुपर्छ ।’ सयपत्री फुलाउन सक्ने व्यवस्था हुन सके जुम्लाले फुलखेतीबाट राम्रो आम्दानी भित्र्याउन सक्ने देखिन्छ ।’ यहाँको गाउँबस्तीमा बारीमा उम्रिएको सयपत्री नै प्रयोग हुन्छ । तीनै तहका सरकारले फूल खेतीको व्यवसाय रोजेका किसानलाई सहजीकरण गरिदिए रोजगारी र आम्दानी वृद्धिमा टेवा पुग्ने देखिन्छ ।






