कञ्चनपुरमा एक दम्पती मृत भेटिए, हत्याको आशंका

कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ ।
लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको हो ।
कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
जोशीका अनुसार प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।






