मानसरोवर बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तनसम्बन्धी कार्यशाला गोष्ठी आयोजना


मानसरोवर बहुमुखी क्याम्पसले जलवायु परिवर्तनसम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ । शनिबार क्याम्पसले आयोजना गरेको जलवायु परिवर्तनबाट परेको असरसम्बन्धी कार्यशालामा सहभागीहरुले सो यसले पारेको असरका बारेमा चिन्ता समेत ब्यक्त् गरेका छन् ।
कार्यशालामा यतिबेला अग्ला हिमालमा हिउँ चाँडो पग्लिएर हिउँ बिनाका हिमाल देखिन थालेपछि चिन्ता ब्यक्त गरिएको छ । कार्यक्रमकी सहजकर्ता प्राध्यापक लक्ष्मी कार्कीले भिजुअल माध्यमबाट पछिल्लो समय हिमाली जिल्लाका हिमालमा चाँडै हिउँँ पग्लिँदै गएकाले जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा पर्न थालेको बताइन् ।
अहिलेको समयमा हिमाल हिउँँले सेताम्मे देखिनु पर्नेमा हिउँ पग्लिएर राता चट्टान देखिन थालिनुले भविष्यको लागि राम्रो संकेत नगरेको उनको कार्यपत्रमा उल्लेख गरिएको थियो । बिकसित देशहरुको औधोगिक बिकासको कारण बिकासिल राष्ट्रहरुले बिना कारण समस्या भोगी रहेकोले समस्या देखिएको छ । उनले यस सम्बन्धी आफ्नो कार्यपत्र समेत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा बाताबरणका क्षेत्रमा लामो समय काम गर्दै आएका बिनोद कुमार शाहीले पनि भिजुअल माध्यामबाट जलवायु परिवर्तनको कारण हिमालमा हिउँ कम पर्ने, परेको हिउँ चाँडै पग्लिने, गर्मी बढ्ने, थोरै पानी पर्दा बाढी पहिरो जाने जस्ता समस्या देखा परेको बताए ।
उनले पानीका मुहान सुक्न थालेको, हिमपात घटेको, बाढी पहिरा बढी जान थालेको कारण कर्णालीका सबै जिल्ला उच्च जोखिममा नेपाल सरकारले राखेको कारण पनि यसैको असर रहेको जानकारी गराए । यसको प्रत्यक्ष असर कृषि क्षेत्र परेको र अव कृषि क्षेत्रमा पनि अनुकुलनका उपायहरु लागु गर्नुपर्ने उनको भनाई थियो ।
उनले पनि कार्यक्रममा जलवायु सचेतना सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम पुसमा स्याउ फुल्ने तर फल नलाग्ने, चिसो बढी हुने तर हिउँ कम पर्ने, समय अगावै पानी पर्नेजस्ता समस्या पछिल्लो समयमा देखिदै आएको गुनासो सहभागीले गरेका थिए । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले यो कार्यक्रमलाई गाउँगाउँमा लैजान अति आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको उपस्थिति रहेको कार्याक्रममा क्याम्पस व्यवस्थापन समितिका कावा अध्यक्ष बिरजंग शाहीको अध्यक्षतामा सञ्चालन भएको थियो ।






