जुम्लाका १९ जना उद्योगीहरू पुरस्कृत


जुम्लामा दसौं राष्ट्रिय उद्योग दिवसको अवसरमा १९ जना उद्यमीहरु पुरस्कृत भएका छन् । स्थानीय उत्पादन वस्तुलाई प्रशोधन गरी जिल्ला भित्र र बाहिर बजारीकरण गर्न महत्वपूर्ण योगदान पु¥याएका उद्यमीलाई सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा श्रृष्टि एण्ड संशार फलफूल उत्पादन तथा प्रशोधन उद्योगका नारायणी चौलागाँई, लक्की आलु चिप्स उद्योगका सख्खी कठायत, हस्तना डेरी उद्योगकी हस्तना न्यौपाने, खरायो पालन उद्योगका पदमबहादुर रोकाया, र चुलि हिमाली उद्योगका टेकबहादुर बुढा रहेका छन् ।

यस्तै, विष्णु कृषि तथा पशुपंछि उद्योगका हिमबहादुर रावल, महत भैँसि पालन उद्योगका गोपाल महत, मालिका तेल प्रशोधन उद्योगका सुरबहादुर रावत, र कैलाश फलफूल नर्सरी उद्योगका गोर्खबहादुर भण्डारी पुरस्कृत भएका हुन् । यस्तै, एपि डिस्टिलका प्रेम वहादुर महत, आरके फलफूल डिस्टिलरीका रामकृष्ण चौलागाँई, सफल एग्रोफर्म मन्न वहादुर थापा, हिमालय गार्मेन्टका अम्बिका श्रेष्ठ, लक्ष्मी फलफूल नर्सरी उद्योगका चन्द्र न्यौपाने, हमाल एग्रो एण्ड रिसर्ज सेन्टरका दिपेन्द्र हमाल, साथीमार्टका अगंत प्रसाद देवकोटा, विजुली स्याउ फर्मका शंखु वहादुर खत्री र लक्ष्मी होटलका मुनवहादुर बोहोरा सम्मानित भएका छन् ।

उद्यमीहरूलाई सम्मान पत्र दिएर पुरस्कृत गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले बताए । उनका अनुसार स्थानीय उत्पादनको प्रशोधन र बजार प्रवर्द्धनमा उनीहरूले निर्वाह गरेको भूमिकाको कदरस्वरूप यो सम्मान प्रदान गरिएको थियो ।
पुरस्कृत उद्योगी नारायणी चौलागाँईले सम्मानले आफ्नो जिम्मेवारी थपिएको बताइन् । “रैथाने वस्तुको प्रशोधन गरेर अर्गानिक उत्पादनमार्फत राम्रो आम्दानी भइरहेको छ,” उनले भनिन्, “पहुँचका आधारमा अनुदान दिने चलनले वास्तविक उद्यमी बञ्चित भइरहेका छन्।”

यस्तै हस्तना डेरी उद्योगकी संचालक हस्तना न्यौपानेले राज्यले उत्पादनको आधारमा मात्र अनुदान दिनुपर्ने बताइन् । “डेरी खोल्न ठूलो लगानी गरेँ, तर दूध–दही बजारसम्म पु¥याउन कठिन छ,” उनले भनिन् । यस्ता समस्या सबै क्षेत्रका उद्यमीहरूले झेल्न बाध्य छन् । राज्यले प्रभावकारी नियम गर्न नसक्दा अनुदान सिध्याएर उद्योग बन्द गर्ने मनोप्रवृत्ति बढेको गुनासो छ । जुम्लामा हालसम्म ४ हजार ४सय ३० उद्योग दर्ता छन्।दर्जनौं उद्योगहरू सञ्चालनमा छैन ।

अनुदानका लागि मात्रै खोलिएका उद्योगहरूबाट राज्यको स्रोतको दुरुपयोग भएको देखिन्छ । आठवटै स्थानीय तहमा उद्योग नियमन र बजार अनुगमनलाई प्राथमिकता दिइने योगी बताउँछन् । “रोजगारी सिर्जना र स्थानीय उत्पादनलाई बजारीकरणमा प्रभावकारी परिणाम दिन उद्योग क्षेत्रलाई अनुदानमुखी होइन, उत्पादनमुखी बनाउनुपर्ने अहिलेको आवश्यकता छ,” उनले भने, “उद्यमशिल संस्कृति, राष्ट्रको समृद्धि” भन्ने नाराका साथ बजार परिक्रममा गरिएको थियो ।

जुम्लाका १९ जना उद्योगीहरू पुरस्कृत

रामेछापमा बढ्यो जुनार उत्पादन

जुम्लाका १९ जना उद्योगीहरू पुरस्कृत

स्वास्थ्यमा पहुँच बढ्दा घोडाघोडीका नागरिक खुशी