वृद्धलाई ठक्कर दिएर फरार कारको खोजी जारी

वृद्धलाई ठक्कर दिएर फरार कारको खोजी कार्य जारी रहेको छ । कारको ठक्करबाट वीरेन्द्रनगर नगरपालिकामा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तीनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले पैदल यात्री शाहीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो । उनलाई ठक्कर दिएको कारको पहिचान हुन सकेको छैन । खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

वृद्धलाई ठक्कर दिएर फरार कारको खोजी जारी

जौ भित्र्याउने चटारो

This will close in 0 seconds