कालिकोटमा बेलोरो गाडि दुर्घटनामा ७ घाईते


जिल्लाको शुभकालिका गाउँपालिकाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को गाढ खोलामा दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको र घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २३ वर्षीय देउके आचार्य, ३३ वर्षीय ऐन खत्री, ६० वर्षीय तीर्थ खत्री,२२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही,अन्दाजी ४० वर्षीया महिला र दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका स्थायी घर भएका चालक २५ र २६ वर्षीय दीपेन्द्र चौलागाई छन् ।

घाइतेहरूको एक विद्यालयमा राखेर प्राथमिक उपचार भइरहेको र दुर्घटनामा परेका अधिकांशको अवस्था गम्भीर भएकाले हेलिकोप्टरको पर्खाइमा रहेको वडा न. ६ का पुर्व अध्यक्ष कर्ण बहादुर खत्रिले बताए ।

खत्रीले जिल्ला प्रशासनसँग कुरा भएपनि हेलिकोप्टर आउन ढिलाइ भएको बताए ।

दुर्घटनामा परेका घाइतेहरूको अवस्था गम्भीर हुँदा उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सुत्केरीको उद्धार जस्तो सजिलो नभएकाले हेलिकोप्टर आउने कुरा निश्चित नभएको बताए ।

स्थानीय तहले आर्थिक दायित्व लिने पत्र नपठाएकाले पनि समस्या भएको छ नेपालीको भनाई छ ।

नेपाली सेनाले स्थानीय तहलाई विश्वास नगर्ने र गृहमन्त्रालयले सुत्केरी उद्धार जस्तो छिटो उद्धारको प्रक्रिया नहुने हुँदा पनि घाइतेहरूले उपचार नपाएर मर्ने खतरा बढिरहेको स्थानीय हरुको भनाई रहेको छ ।

बिहिवार बिदा भएकाले कसैसँग सम्पर्क गर्न पनि कठिन भएको प्र जि अ नेपालीले बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा संचालित संयुक्त यातायात समितिले रातो नम्बर प्लेट भएका गाडीलाई दिनमा चल्न नदिने भएकाले राती आउनु पर्ने बाध्यता छ ।

दुर्घटनामा परेको उक्त गाडि पनि राति आएर चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने स्थानीयको भनाइ छ ।

कालिकोटमा बेलोरो गाडि दुर्घटनामा ७ घाईते

आँखा मिच्दै बराहताल

कालिकोटमा बेलोरो गाडि दुर्घटनामा ७ घाईते

जौ भित्र्याउने चटारो