प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिभ बिरामीहरुको डाइलासिस सेवा


प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिम भएका मृगौला बिरामीहरुको डाइलासिस सेवा सुरु भएको छ ।

अस्पतालको १८ औं स्थापना दिवसको अबसरमा अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले सेरो पोजेटिभ भएका मृगौला बिरामीहरुको लागि डाइलासिस सेवा संचालनमा ल्याउने बताएका थिए ।

प्रा.डा. खड्काले धोषणा गरेको ५ दिनमै यो सेवा संचालनमा आएको हो । प्रा.डा. खड्काका अनुसार नेपालमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बाहेक अन्य ठाउँमा यो सेवा संचालनमा छैन ।

सेरो पोजेटिभ मृगौलाका बिरामीहरुको लागि डाइलासिस सेवा सबै ठाउँमा गर्न मिल्दैन यसको लागि स्वास्थ्य सेवा विभागबाट स्वीकृत लिई संचालन गर्नु पर्ने र यो डाइलासिस सेवा संचालन गर्दा जनशक्ति र भवन समेत छुट्टै चाहिने भएकोले प्रदेश अस्पतालमा सबै प्रक्रिया पु¥याएर संचालनमा ल्याइएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए ।

हेमो डाइलासिस सेवा विगत ७ बर्ष अघि क्षेत्रीय अस्पताल हुँदा देखि नै संचालनमा भए पनि भवन र प्राविधिक जनशक्ति अभावका कारण सेरो पोजेटिभ मृगौला विरामीहरुको डाइलासिस सेवा संचालन हुन सकेको थिएन’ ‘अस्पतालका निर्देश प्रा.डा. खड्काले भने,’ ‘सेरो पोजेटिभ भएका मृगौला विरामीहरुले डाइलासिस गर्न महंगो रकम खर्च गरेर काठमाडौंमै जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश अस्पतालले आफ्नो १८ औं स्थापना दिवसमा उक्त डाइलासिस सेवा संचालनमा ल्याउने घोषणा गरेको थियो र अहिले हामिले संचालनमा ल्यायौ ।’

प्रादेशिक अस्पतालहरुमा सेरो पोजेटिभ मृगौलाका विरामीहरुको लागि डाइलासिस सेवा संचालनमा ल्याउने नेपालको यो पहिलो प्रादेशिक अस्पताल रहेको प्रा.डा. खड्काको भनाइ छ ।

सेरो पोजेटिभ मृगौला विरामीहरुको डाइलासिस सेवा भनेको रगतका माध्यमबाट सर्ने जुनसुकै रोगलाई सेरो पोजेटिभ भनिन्छ । जस्तै हेपाटाइटिस ए वा सी पोजेटिभ भएका विरामी, एचआइभि पोजेटिभ भएका विरामीहरुमा मृगौलामा समस्या आइ उनिहरुलाई डाइलासिस गर्नु पर्ने भयो भने उनिहरुलाई सेरो पोजेटिभ भनिन्छ ।

यो रगतका माध्यमबाट सर्ने रोग भएकाले यसको लागि तालिम प्राप्त जनशक्ति चाहिने भएकोले अस्पतालले यसको लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सहकार्य गरी केहि समय अघि तालिमको लागि कर्मचारीहरु पठाएको थियो ।

प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिभ बिरामीहरुको डाइलासिस सेवा

कर्णाली कोरिडोरको प्रवेशद्वार मर्मत

प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिभ बिरामीहरुको डाइलासिस सेवा

फागुन १८ गते रास्वपा सभापति लामिछाने जुम्ला