माओवादी महासचिवदेखि प्रदेश अध्यक्षलाई भूकम्पको राहतमा अनियमितताको आरोप


नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्ग र कर्णाली प्रदेश अध्यक्ष विमला केसीमाथी अनियमितता गरेको आरोप लागेको छ । त्यो पनि जाजरकोट भूकम्प पीडितको राहतमा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोरख केसीले गुरुङ्गले भ्रष्टाचार गरेको र केसीले राहत लुटेको भन्दै उनीमाथी छानबिन गर्नुपर्ने माग पार्टीमा राखेका छन् ।

जाजरकोटमा गएको भूकम्पपछि राहत लिएर जाजरकोटको रिम्ना पुगेको चिनियाँ टोलीमाथि हातपात गरेको भन्दै नेकपा माओवादीले केसीसँग स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरण दिनेक्रममा केसीले गुरुङ र प्रदेश अध्यक्ष केसीले भ्रष्टाचार गरेको दाबी गरेका हुन् ।

केसीले स्पष्टीकरण पत्रमा लेखेका छन्, ‘मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको लोग्ने भएको र यी एकाघरका नातेदार रहेको तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस् ।’

जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई वितरणका लागि राहत सामग्री लिएर पुगेको चिनियाँ संस्था ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथी गत २० मंसिरमा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो ।

चिनियाँ संस्थाबाट प्राप्त कुल ९ करोड २० लाखमा १ करोड २० लाख प्रशासनिक खर्च छुट्याएर बाँकि ८ करोड रुपैयाँ ४ पार्टीलाई ५ सयका दरले २ हजार राहत प्याकेज बाँडफाड गरिएको केसीले स्पष्टिकरणमा भनेका छन् । यो हिसावले प्रति प्याकेट ४० हजारको राहत सामाग्री हुनुपर्नेमा १० हजार बराबरको पनि नभएको उनले दावी गरेका छन् ।

राहत बाड्नु पूर्व महासचिव गुरुडले प्रत्येक प्याकेजमा २३ हजार बराबरको सामाग्री छ भन्दै मुुसिकोटमा पत्रकार सम्मेलनमा भनेपनि १० हजारभन्दा कमका राहत सामग्री राखेर भ्रष्टाचारको नांङ्गो तस्वीर प्रदर्शन गरेको केसीले गम्भिर आरोपसमेत लगाएका छन् ।

माओेवादीलाई भाग परेको ५ सय बरारबरको प्याकेजमा प्रदेश अध्यक्ष केसीको मिलेमतोमा २ सय सानीभेरी, २ सय नलगाड र एक सय भेरी नगरपालिका पठाएको उनले दावी गरेका छन् । यति मात्रै होइन प्रदेश अध्यक्ष केसीले राहत सामाग्री नै वितरण नगरी भपाई दिएर समान पठाएको आरोप केसीले लगाएका छन् ।

पार्टीको माथिल्लो ओहोदाकाले ७५ प्रतिशत लुटेर बचेको २५ प्रतिशतको राहत प्याकेज भूकम्पले अति प्रभावित क्षेत्र आठबिसकोटबाट प्रदेश अध्यक्ष केसीले जफत गरेर सानीभेरी पठाएपछि आठविसकोटका नागरिक राहत पाउनबाट बञ्चित भएको केसीले पार्टी केन्द्रमा पठाएको स्पष्टिकरणमा उल्लेख छ ।

प्रदेश अध्यक्ष केसीले राहत सामाग्री लिएको विषयमा छलफल हुँदा उनले फिर्ता गर्छु भनेको र आफूले उता भपाई गरिसकेका जनतालाई के भन्छौ भन्दा हामी मिलाउँछौ भन्ने जवाफ पाएको उनले बताएका छन् । राहत सामाग्री बुझ्नका लागि भरपाई गरिसकेका आठविसकोटका जनतासँग माफि मागे मात्र सामान बुझ्ने अडान लिएपछि कर्णाली प्रदेश इन्चार्ज माृतका यादवले आफूलाई सार्वजनिक होहल्ला नगर्न सुझाएको उनले बताएका छन् ।

‘दिउँसो मातृका कमरेडले मलाई फोन गरेर विमलाले गल्ती भयो भनि सक्यो, यो समान बुझ्नुस, यो कुरा पार्टी भित्रै मिलाउने हो, किन सार्वजनिक होहल्ला गर्ने भनेर फोन गर्नुभएको थियो, तर मैले सार्वजनिक रुपमा माफि माग्नु प¥र्यो भनेको हँु,’ केसीले भने ।

महासचिव गुरुङ्गलेसमेत विमलाले गल्ती गरेको भनिसकेपछि तपाईहरुले मान्नु भन्ने यादवको फोनमा आफूसँग नभई पूर्तिमकाँडाका जनतासँग माफि माग्न आग्रह गरेपछि आठविसकोटमा चिनियाँ राहत सामाग्री नगएको केसीले दावी गरे ।

१९ पुसको विहानै आफूले रुकुमका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सामानको गुणस्तर हेर्नुस, मुल्याङ्कन गर्नुस, यो मरासिनीको संस्थाले व्यापक भ्रष्टाचार गरेको छ र भ्रष्टाचार गर्न जान्नु पर्छ भन्दै हिडेको भनेर म्यासेज समेत गरेको केसीले बताए । यति मात्रै होइन महासचिव गुरुङ्गलाई मरासिनीले ल्याएको सामानको गुणस्तर छैन यस विषयमा सोध्न भनेपनि कुनै सुनुवाई नभएको उनले बताए ।

‘मेरो पार्टीको अध्यक्ष र स्थायी कमिटीले राम्ररी विचार गरोस मलाई कार्वाही गर्ने हो कि ? यी नैतिक हराम महासचिव र जनताको नासो विच बाटोमा लुट्ने प्रदेश अध्यक्ष जस्तालाई ? यो पार्टी चोरको चौतारी हो ? साधुलाई सुली हो ?’ केसीले प्रश्न गरे ।

मलाई केही जानकारी छैन ः महासचिव गुरुङ्ग
यता माओवादी केन्द्रका महासविच देव गुरुङ्गले आफूमाथी लागेको आरोपका विषयमा चित्तबुझ्दो जवाफ दिनबाट पन्छिए । केन्द्रीय सदस्य केसीले पार्टी केन्द्रलाई ५ माघमा पठाएको पत्रका बारेमा हालसम्म पनि आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिन खोजे ।
केसीले पार्टी केन्द्रलाई पठाएको ६ पृष्ठ लामो स्पष्टिकरणका सम्बन्धमा सञ्चार माध्ययममा छरपष्ट समाचार आइरहदा महासचिव गुरुङ्ग अनविज्ञ हुनुले संकासमेत उब्जाएको माओवादी भित्रै चर्चा भइरहेको छ । ‘म केही दिनदेखि पार्टी कार्यालय गएको छैन् । उहाँ (गोर्खबहादुर केसी) ले पठाउनु भएको स्पष्टिकरण पार्टी अफिसमा आएको हुनसक्छ, म पार्टी कार्यालय जान नभ्याएकाले त्यस बारे हालसम्म पनि जानकारी पाएको छैन, त्यसो हुँदा कुरा स्पष्ट नबुझि त कसरी जवाफ दिने ?’ उनले भने ।

प्रदेश अध्यक्ष केसी भन्छिन् आरोपमा सत्यता छैन
यता यस विषयमा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले आफूमाथी लागेको आरोप निराधार रहेको बताइन । रुकुम पश्चिम र जाजरकोटमा राहत वितरणका लागि पालिकासँग आवश्यक समन्वय गरिदिन पार्टी महासचिवको आग्रपछि आफूले समन्वयको काम गरेरको तर, सामान अन्यत्र पठाएको भन्ने आरोपमा कुनै पनि सत्यता नरहेको दावी गरिन ।

महासचिवमाथी लागेको आरोपका विषयमा आफूले कुनै प्रतिक्रिया नदिने उल्लेख गर्दै केसीले भनिन्, ‘उहाँले म माथी सामान लुटिएको आरोप लगाउनु भएको सन्दर्भमा खास कुरा के हो भने, म प्रदेशको अध्यक्ष भएको हुनाले महासचिवले समन्वयको जिम्मेवारी मलाई दिनु स्वभाविकै हो, सोही अनुसार मैले जिल्ला इन्चार्जसँग समन्वय गरेर जाजरकोट र रुकुमका बढि प्रभावित २÷२ वडाको नाम दिएर उतै कोडिनेसन गर्नु भनेर भनेकी हुँ, त्यसको जिम्मेवारी त उहाँहरुकै थियो, अनि यो सामान लुटिएको विषय कहाँबाट आयो ।’

आफूले सिफारिस गरेका वडाहरु कर्मचारीको गल्तिका कारण फरक पर्न गएपछि आफूमाथी निराधार आरोप लागेको उनले बताईन । त्यस्तै अध्यक्ष केसीले चिनियाँ महिलामाथी हातपात भएको प्रकरणमा प्रहरी र पार्टीमा कारवाहीका लागि दवाव दिएको विषय पनि निराधार रहेको बताइन । यस विषयमा पार्टीमा आन्तरिक छलफल भइरहेकाले केही दिनमा सत्य तथ्य बाहिर आउने अध्यक्ष केसीको भनाई छ ।

माओवादी महासचिवदेखि प्रदेश अध्यक्षलाई भूकम्पको राहतमा अनियमितताको आरोप

सम्पादकीय : यसरी जोगाऔं राउटे

माओवादी महासचिवदेखि प्रदेश अध्यक्षलाई भूकम्पको राहतमा अनियमितताको आरोप

साँघुरो सडकका कारण सल्लिवजारमा दैनिकी दुर्घटना वढ्न

This will close in 0 seconds