सामाजिक विकास कार्यालयका कार्यक्रमबारे सुसूचित


सामाजिक विकास कार्यालय जुम्लाले आफ्नो स्वीकृत भएका कार्यक्रमका बारे सुसूचित गराएको छ । चालु आर्थिक वर्षमा स्वीकृत भएका कार्यक्रमहरु सुसूचित गराएको हो । पुँजिगत तर्फ ४ करोड र चालु तर्फ २ करोडको हाराहारीमा चालु आर्थिक वर्षमा बजेट प्राप्त भएको सामाजिक विकास अधिकृत तुलराज चौलागाईले बताए ।

सामाजिक कार्य अन्तर्गत अल्पकालिन आश्रय सहितको सेवा केन्द्र संचालन व्यवस्थापन, ज्येष्ठ नागरिक संघ संचालन तथा व्यवस्थापन, लागु औषध दुव्र्यसनि सम्बन्धि सचेतनामुलक कार्यक्रम, जोखिममा रहेका बालबालिकालाई सहयोग, छोरी बुहारी र अपाङ्ग छात्रवृत्ति वितरण लगायतका कार्यक्रम संचालन गरिनेछ ।

यस्तै शैक्षिक क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा पनि कार्यालयले काम गर्ने छ,चौलागाईले भने।तिला गाउँपालिका – ९ मा रहेको महादेव मावि रुखेडाचौरको भवन निर्माणमा ३० लाख, ८ मा रहेको देउरालि मावि जुम्लाकोटको घेरबारका लागि १५ लाख, ३ मा रहेको सरस्वति मावि कुडारीको घेरबारमा १५ लाख खर्च हुने सामाजिक विकास कार्यालयका सवइन्जिनियर प्रेमवहादुर शाहीले जानकारी गराए ।

यस्तै हिमा गाउँपालिकाको रुपाकोट आधारभुत विद्यालयको घेरबारका लागि १५ लाख, सिंजा गाउँपालिकाको मालिका मावि धाँपाको पक्कि पर्खाल निर्माणका लागि ५० लाख खर्च हुनेछ । कनकासुन्दरी गाउँपालिकाको पाण्डवगुफा मावि कोटघरको घेरबारमा १५ लाख, कनकासुन्दरी मावि लुड्कुको होस्टेल निर्माणका लागि ५० लाख खर्च हुनेछ ।

यस्तै गुठिचौरको हिमालि रम्बा आधारभुत विद्यालयको भवन निर्माणमा १५ लाख, खड्कि देवि मावि मणिसाँघुको भवनको तल्ला थप्नका लागि २० लाख र त्रिभुवन मावि झारज्वालाको घेरबारका लागि २५ लाख खर्च हुने बताइएको छ ।

तातोपानीको बाविराथान निर्माणका लागि १५ लाख, पातारासी गाउँपालिकाको – ६ उर्थुमा रहेको महारुद्र आधारभुत विद्यालयको पर्खाल निर्माणमा २५ लाख, अपाङ्ग पुनस्थापना तथा विकास केन्द्रको भवन निर्माणका लागि ५० लाख, कर्णाली मावि अनामनगरको शौचालय निर्माणका लागि २० लाख र चन्दननाथ नगरपालिका १० मा रहेको रत्नचुण्डेश्वर माविको भवन निर्माणमा १ करोड खर्च हुने समाजिक विकास कार्यालयले जनाएको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापक, निर्माण व्यवसायि र अन्य सरोकारवालाहरुलाई सहभागि गराई बिल भरपाई समयमै पेश गर्ने विषयमा जानकारी गराईएको शिक्षा अधिकृत शिवशंकर चौलागाईले बताए ।

असार अन्तिममा भुक्तानि लिन आउँदा कार्यालयलाई भार पर्ने भएकाले अहिलेबाटै नै भुक्तानि लिने विषयमा अभिमुखिकरण गराईएको हो । उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सामाजिक विकास कार्यालयको जिम्मेवारी धेरै भएपनि प्रदेश सरकारले बजेट कम पठाएको बताए ।

उनले औषध दुव्र्यसनिलाई रोकथाम गर्नका लागि सचेतिकरणमुलक कार्यक्रम जरुरत छ । सामाजिक कुसंस्कार र कुरीति विरुद्धका कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्नु पर्ने उनको भनाइ छ ।

यस्तै उच्च सरकारी वकिल कार्यालय जुम्लाका सहन्याधिवक्त कर्ण महतले सामाजिक विकास कार्यालयका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न सुझाव दिए । लागु औष रोकथामका विषयमा कानुनी सल्लाह आवश्यक परेको उच्च सरकारी वकिल कार्यालयबाट प्रदान गर्न सकिनेछ । सामाजिक विकृतिका विरुद्धमा जिल्लाका सरोकारवालाहरु एकजुट हुनु पर्ने बताउँछन् ।

सामाजिक विकास कार्यालयका कार्यक्रमबारे सुसूचित

लगानी जुटाउने दुई महिना समय हुँदा अन्यौलतामा

This will close in 0 seconds