मध्य पश्चिममाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघ, सुर्खेतको २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न

मध्य पश्चिममाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघ, सुर्खेतको २५ औं वार्षिक साधारण सभा तथा १२ आंै अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष चेतनकुमार थानीको सभापतित्व तथा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीको प्रमुख अतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।

संघको २५ औ वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन कार्यक्रममा कर्णाली प्रदेशका ढुवानी व्यवसायिहरुलाई एकजुट गराई ढुवानी व्यवसायिहरुको हकहित र अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै संस्थागत पहलको आवश्यकतालाई महशुस गरि २६ वर्ष अगाडि देखि नै यस संघमा आवद्ध रहेर काम गरिरहेको संघका महासचिव मदनकुमार सुवेदीले बताए । व्यवसायिहरुले दैनिक जिवनयापनको लागि अति आवश्यक पर्ने खाध्यान्न, लत्ताकपडा, औषधी लगायत विकास र निर्माणका सामाग्रिहरु दुरदराजका विकट स्थानहरुसम्म ढुवानी गर्नुलाई आफ्नो पेशा र व्यवसाय बनाएको बताए ।

आर्थिक वर्ष २०७९÷०८० मा यस संघले विभिन्न स्थानमा दुर्घटना भई पल्टिएका चार वटा सवारीलाई पल्टिएको स्थानबाट ल्याई नजिकको ग्यारेजसम्म ल्याएको, संघमा आवद्ध रहेका ६६ वटा सवारीको तेस्रोपक्षको सम्पत्ती नोक्सान गराएकोमा सम्पत्तीका हकवालाहरुलाई संघको नियमअनुसार तुरुन्त क्षेतिपूर्ति भुत्तानी गरि केश मिलान गरेको, नेपाल ट्रक यातायात व्यवसायी महासंघमा आवद्ध रहेका सातै प्रदेशका संघ÷समिति र प्रा.लि.हरुसँग समन्वय र सहकार्य गरि दुर्घटना न्युनिकरण र दुर्घटना केश मिलानको लागि सहयोग आदान–प्रदान कार्यक्रमलाई निरन्तरता जस्ता कामहरु गर्दै आईरहेको छ ।

यस्तै यहि पौष २० गतेसम्मको अभिलेख अनुसार आर्थिक वर्ष २०८०÷०८१ को लागि यस संघमा आवद्ध रहेका ट्रक÷मिनिट्रक–१०१, ट्रिप्पर–६३, टे«क्टर–३४, अन्य–१८(टेलर–१, बोलेरो–९, कार–१, जेसिबी–१, दोस्त पिकअप–२, स्कारपियो–२, हेभि रेडीमिक्चर–२) सहित जम्मा दुई सय १६ वटा सवारीहरुको सदस्यता नविकरण भएको छ ।
यस संस्थाले लामो समयदेखि नै विभिन्न कार्यहरु गर्दै आईरहेको छ । ति कतिपय कार्यहरुलाई यथावत् राख्ने वार्षिक प्रगति प्रतिवेदन महासचिव सुवेदिले प्रस्तुत गरे ।

साथै संघको कार्यालय तथा चेक पोइन्टहरु प्यवस्थापन गरि चुस्त दुरुस्त राखि यस संघबाट प्रवाह हुने सेवाहरु छिटो र छरितो उपलब्ध गराउनको लागि आवश्यक कर्मचारीहरुको व्यवस्थापन गरि तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाईने, भाडाका सवारीहरुको पंन्जिकरण, जाँचपास र रुट परमिट प्रर्णाली बढि झन्झटिलो भएको हुदाँ एकद्धार कर प्रर्णालीमा ल्याउनको लागि आवश्यक व्यवस्था मिलाउन महासंघ मार्फत आवश्यक पहल गर्ने जस्ता कामहरु आगामि दिनहरुमा गर्ने वार्षि प्रगति प्रतिवेदनमा महासचिव सुवेदिले बताएका हुन् ।