भिजिट कर्णाली यातायात प्रा.लिको मोबाइल एप सार्वजनिक

 

भिजिट कर्णाली यातायात प्रा.लि. प्रधान कार्यालय सुर्खेतले मोबाइल एप सार्वजनिक गरेको छ । प्रा.लिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत मोबाइल एप सार्वजनिक गरेको हो । प्रा.लिले मोबाइल एस सेवा शुभारम्भ गरेपछि अब जोसुकै यात्रुले घरमै बसेर सजिलै टिकट काट्न सक्नेछन् । मोबाइल एप सार्वजनिक गर्दै प्रा.लिका अध्यक्ष प्रकाश कुमार शाहीले यात्रुलाई अब गाडीको टिकट काट्नकै लागि बसपार्क तथा समितिको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको बताए ।

उनका अनुसार यात्रुहरुले मोबाइल एपबाट टिकट काट्दै आफ्नै रोजाईको सवारीसाधनमा यात्रा गर्न सक्नेछन् । भने यात्रुका लागि सुरक्षित यात्रा गर्न, कम खर्चमा यात्रा गर्न, भाडामा नठगिन र समयको बचत गर्न पनि मोबाइल एप उपयुक्त देखिएको छ ।

‘हामि २१ औ सताब्दिको डिजिटल युगमा पुगीसके पनि पुरानै सैलिमा यातायात सेवा लिइरहेका छौ । यसलाई युगको मागसँगै डिजिटल वनाउदै हामी यो क्षेत्रलाई परिर्वतन गर्न चाहान्छौ’ अध्यक्ष शाहीले भने, ‘घर घरवाट यातायात सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भिजिट कर्णाली यातायात प्रा ली नामको अनलाईन मोवाईल एपबाट विधिवत रुपमा सेवा सुचारु गरीएको छ । समयको माग अनुसार सार्वजानिक यातायातलाई डिजिटल मैत्रि बनाउदै यात्रुहरुलाई घर घरमै यातायात सेवा दिदै सेवालाई स्तरीय भरपर्दो र सुरक्षित वनाउन यो एप निर्माण गरिएको हो ।’

उनका अनुसार भिजिट कर्णालीले हाल सुर्खेत– जुम्ला, सुर्खेतकालिकोट, सुर्खेत वाजुरा (पिलीचौर), सुर्खेत पचालझरना, सुर्खेत रास्कोट सुर्खेत नरहरीनाथ, सुर्खेत जम्बुकाँध, सुर्खेत दैलेख बजार, सुर्खेत–वेस्तडा, सुर्खेत– जाजरकोट (दसेरा), सुर्खेत नेपालगंज, नेपालगंज–दैलेख, वीरेन्द्रनगर मटेला, पाम्का र वीरेन्द्रनगर–पिलाडीमा सेवा दिइरहेको छ । अब छिट्टै सुर्खेत–काठमाडौं लक्जरी बस हाल्ने तयारी भइरहेको प्रा.लिले जनाएको छ ।

‘ट्राफिक जामको न्युनिकरण गर्न हामि व्यवसाय गर्ने मात्र नभएर सामाजिक उत्तर दाईत्व पनि बहन गर्दछौ’ अध्यक्ष शाहीले थपे, ‘स्थापना देखि हालसम्म वृद्ध, अशक्त र अपाङ्गता भयका व्यक्तीलाई पनि ५०% छुट दिईरहेका छौं । खेलकुद तर्फ पनि हामीले नगद, जर्सि पानी जस्ता सहयोग गरीरहेका छौ । मानव अधिकार तथा सान्तिसमाज लाई पनि नगद सहयोग गरेका छौं ।’

भिजिट कर्णाली यातायात प्रा.लिको मोबाइल एप सार्वजनिक

सुझावहरूलाई सरकारले आत्मसात् गर्छ: मुख्यमन्त्री आचार्य

भिजिट कर्णाली यातायात प्रा.लिको मोबाइल एप सार्वजनिक

दुई महिनाको सरकारी बजेट खर्च ७ प्रतिशत