निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम सुरु


निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । बुधबारबाट सुरु भएको तालिम ३ दिनसम्म चल्नेछ । अन्तराष्ट्रिय श्रम संगठन नेपालको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना क्षेष्ठले अहिले स्याहारसुसारको कामले महत्व पाएको बताइन् । यो विषयले विश्वको ध्यान आकर्षित गर्दै आइरहेकोले यसमा थलफल हुन जरुरी रहेको बताइन् । स्याहार अन्र्थतन्त्रको प्रवद्र्धन गर्न र नेपालको आर्थिक विकासको काममा सरकार संगै निजी क्षेत्र र अन्य सरोकारवालाहरुको पनि महत्वपूर्ण भूमिका रहने भएकोले यो तालिमको आयोजना गरिएको उनले बताइन् । निजी क्षेत्रको तर्फबाट स्याहार र स्याहार अर्थतन्त्र तालिम म्यान्युअल बन्ने भएकोले यस तालिमको छलफलबाट आएका सुझावहरुलाई समेट्ने योजना रहेको सुनाइन् ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघ नेपालका कोषध्यक्ष निरक केसीले महिलाहरुको श्रम र सेवाको सम्मान हुन नसक्नु दुखद भएको बताए । घरायसी काममा महिलाको योगदान सह्रानीय भएको उनको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महांसघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीको अध्यक्षतामा सुरु भएको तालिममा रोजगारदाता र सरकारी निकायका प्रतिनीधीको सहभागीता रहेको छ । तालिमको सहजीकरण आस्था भट्टले गरेकी छिन् ।





