हक्की खेल मैदानको शिलान्यास आइतबार गरिने

सदरमुकाम सिमकोटस्थित खेल मैदानमा राष्ट्रिय स्तरको हक्की खेल प्रतियोगिता सञ्चालन गर्नका लागि खेल मैदानको सिलान्यास हुने भएको छ । सुर्खेतबाट आउने पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही उक्त मैदानको सिलान्यास गर्ने कार्यक्रम रहेको हो ।

हक्की सङ्घ हुम्लाका अध्यक्ष रामजन रावतले आईतबार सुर्खेतबाट आउने कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री शाहीले हक्की खेल मैदानको सिलान्यास गर्ने कार्यक्रम रहेको बताए ।

पूर्वमुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव बिश्यमित्र सञ्ज्याल र प्राविबिधिक टोली पनि आउनेछ ।
हाल खेल मैदान क्षेत्रमा जेसिवीले मेशिन सम्याउने र जग खन्ने कार्य गरि रहेको छ । परिषदबाटै बजेटको व्यवस्था गरेर खेद मैदान निर्माण गर्न लागिएको हो। यसका लागि निर्माण कम्पनीसमेत छनोट भएको थियो । जेठसम्म सम्पन्न गर्ने गरी खेल मैदान निर्माण गरिनेछ ।

हक्की खेल मैदानको शिलान्यास आइतबार गरिने

जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३० हजार अस्थायी आवास

हक्की खेल मैदानको शिलान्यास आइतबार गरिने

माओवादी केन्द्र र समाजवादी पार्टी एक हुँदै

This will close in 0 seconds