‘जागिरले भन्दा माछा पालनले ल्यायो खुसी’


जुम्लाको पातारासी गाउँपालिका –६ बाता गाउँका स्थानीय युवा गैरसरकारी सस्थामा कार्यरत कर्मचारी हुन्, राजेन्द्र बुढा । उनी १० वर्षदेखि गैरसरकारी सस्थामा काम गर्दै आइरहेका छन्। उनले उच्चशिक्षा हासिल गरेका छन् ।
तर,उनको लक्ष्य उदाहरणीय कृषक बन्नु हो । जागिर गर्दै गरेका राजेन्द्र सफल कृषक बन्न चाहन्छन्। उनी विस्तारै कृषि कर्ममा तानिएका पनि छन् । ३० वर्षीय युवाको सपना फुलाउने केन्द्र हो–राजश्व कृषि फार्म ।
‘आफ्नै ठाउँमा केही गरौं भनेर यता लागेको हुँ,’ उनले भने, ‘जागिरले भन्दा माछा पालनले सन्तुष्टि दिन लागेको छ ।’ कर्मचारीका रूपमा जीवन यापन चले पनि आफैं व्यवसाय गर्ने उद्देश्यले माछा पालन सुरु गरेको राजेन्द्र बताउँछन् ।
उनले १७ लाख ६५ हजार रुपैयाँ लगानीमा माछा पालन गरे।पहिलो वर्षको मत्स्य अनुसन्धान केन्द्र नुवाकोटदेखि माछा ल्याएका हुन् । दोस्रो पटक रेन्बो ट्राउट अनुसन्धान केन्द्र रसुवा बाट ल्याइएको बताए । ‘जागिरभन्दा व्यवसाय उत्तम ठानें,’ उनले भने, ‘व्यवसाय पछिसम्मका लागि पनि हो ।’ जागिरले आफू सक्दो हुँदासम्म मात्रै हुने भएपछि व्यवसाय गर्ने सोच उनलाई जागेको थियो । ‘बुढाले गाउँमा आफ्नै २ सय ३५ वर्गमिटर जग्गामा माछा पोखरी निर्माण गरेका छन्।सात पोखरीमा करिब २५ हजारभन्दा बढी माछा छन् ।

रेन्बो ट्राउट जातको माछा पालन गरेका हुन् । ‘उब्जनी राम्रो नहुने ठाउँमा पोखरी खनेर माछा पाल्न थालेको हुँ, । १० हजार रेन्बो ट्राउट माछा छन् । भने १५ हजार भुरा छन् । व्यावसाय सुरुवात दुई वर्ष पुरा पुगेको राजेन्द्रकि जीवन संगिनी सत्यदेवी बुढाले बताइन् । ‘दुई वर्षको अवधिमा ७ लाख ३२ हजारका माछा बिक्री गर्यौं,’सत्यदेवीले भनिन्, ‘यो वर्षमा कम्तीमा १२ देखि १५ लाखको माछा बिक्री गर्ने लक्ष्य लिएका छौं ।’
जुम्लालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले आफूहरूले माछापालन गरेको उनीहरू बताउँछन् ।
‘जुम्ला माछामा आत्मनिर्भर छैन, भारतीय तथा आयतित माछाले यहाँको बजार ओगटेको छ,’ सत्यदेवीले भनिन्, ‘हाम्रो उद्देश्य जुम्लालाई माछामा आत्मनिर्भर बनाउने र जुम्लाको गाउँ–घर चिसो हावापानीमा पनि गर्न सके माछा पालन व्यावसायिक तवरले गरे हुन्छ, भन्ने सन्देश दिन खोजीएको हो । ‘जुम्लामै पहिलोपटक माछा पालन बुढा परिवारले गरेका छन् ।’
अहिले प्रति केजी दुई हजारमा माछा बिक्री भइरहेको छ । ग्राहकहरू पनि फार्ममै आएर माछा खरिद गर्छन् । फार्ममा पुगेपछि प्रति केजी एक हजार ८ सयमा बिक्री गछौ । सत्यदेवि भन्छिन् ‘पोखरीबाट निकालेको ताजा माछा भएकाले बिक्रीमा कुनै समस्या छैन ।’ बजारको कुनै चिन्ता छैन, मागअनुसार माछा पु¥याउनै सकिएको छैन ।’ माछा कर्णालीका अन्य जिल्लासम्म पुग्छ । माछापालन सुरु गरेको छोटो समयमै राम्रो आम्दानी भएपछि उनीहरू यसलाई विस्तार गर्ने सोचमा छन् । दैनिक जसो माछा हेर्न जानेको भिडभाड पनि हुन्छ । जुम्ला जस्तो चिसो हावापानीमा माछा पालन गर्न सकिने रहेछ भनेर अवलोकन गर्नेहरुले भनेपछि उनिहरुको अझै मन प्रफुल्ल हुन्छ । समुन्द्री सतहदेखि २ हजार ६ सय ६८ मिटर उचाइमा छ ।
भने,सदरमुकाम खलंगा देखि ८ किलोमिटर टाढा पर्छ । बाता गाउँ । जुम्ला बजार हुदै मुगुको राराताल जाने प्रवेशद्वार भएकाले पनि माछा खपत उच्च रहेको उनीहरु अनुभव सुनाउँछन् । ‘ग्राहक आफैंले माछा हेर्छन्, फोटा खिच्ने देखि तरिका माग्छन् जान्छन्, ‘सहर बजारको कोलाहलभन्दा टाढाको ठाउँ भएकाले एकान्तप्रेमी ग्राहकका लागि यो उपयुक्त छ ।
चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाका रुपमा लिइन्छ ।’ चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुने माछापालक कृषक बताउँछन् ।






