करेन्ट लागेर बाख्रा चराउन गएकी बालिकाको मृत्यु


जुम्लामा बाख्रा चराउन गएकी एक बालिकाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ । सिंजा गाउँपालिका वडा नं ३ छ्यानीगाडा निवासी १२ बर्षीया नविना गिरीको करेन्ट लागेर मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।

गाउँदेखि १५ मिनेटको दुरीमा पर्ने पेटा ढुंगा भन्ने स्थानमा बाख्रा चराउन गएकी बालिकाको करेन्ट लागेर मृत्यु भएको अध्यक्ष धितालले बताए । साथै करेन्ट लागि सोही गाउँ निवासी ७५ वर्षीया हरिकृष्ण गिरी घाइते भएको बताइएको छ । घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

ठेकदारको लापर्बाहीका कारण बालिकाले ज्यान गुमाउनु परेको स्थानियबासिन्दाले बताए । घाइते गिरीलाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको छ ।

करेन्ट लागेर बाख्रा चराउन गएकी बालिकाको मृत्यु

सवल शिक्षक हुन खगेन्द्रदेव भारती

करेन्ट लागेर बाख्रा चराउन गएकी बालिकाको मृत्यु

सम्पादकीय: कर्णाली गौरवका आयोजनाको गति