जुम्लामा दुई हजार बढी युवाले बनाए राहदानी

जागिर नपाएर बेरोजगार भएपछि देशभरिकै युवा विदेशतिर जाने क्रम बढिरहेको छ । जुम्लामा पनि युवाहरू विदेश जाने क्रम बढेको हो। बेरोजगारी समस्या बढ्दै जानु तथा देशमै कुनै रोजगार गर्ने अवसर नभएपछि विदेश जाने युवाको संख्या जुम्लामा पनि बढ्दै गएको हो ।

रोजगारीका लागि विदेश जान चाहिने राहदानी बनाउन अहिले युवाहरू जिल्ला प्रशासन कार्यालयमा लाइन लागेका देखिन्छन्।स्वदेशमा अवसर नपाएपछि विदेश जान बाध्य हुनुपरेको युवाहरूको भनाइ छ। रोजगारीका लागि जति भौँतारिए पनि देशमा रोजगारी नपाउनु तथा गरिरहेको रोजगारीबाट पनि राम्रो आम्दानी नभएपछि विदेश जान राहदानी बनाउन प्रशासनमा युवाहरू पुग्ने गरेका हुन् ।

स्वदेशमै रोजगारी गर्दै आए पनि पर्याप्त आम्दानी नभई परिवार चलाउन नसकेर बिदेसिनुपरेको बताउँछन्,प्रशासन कार्यालय जुम्लामा राहदानी बनाउन पुगेका गुठिचौर–१ रामबहादुर ऐडी।हातमा सीप भए पनि परिवार चलाउन समस्या भइरहेका बेला केही सीप नभएकाहरूको झन् बेहाल हुने गरेको उनी बताउँछन् ।

पैसा नहुने मानिसलाई रोजगारीसमेत पाउन समस्या हुने गरेको अर्का मुनबहादुर ऐडी बताउँछन्।हाम्रो कुनै पनि सरकारले जागिर दिन नसकेकाले विदेश जान लागेको उनले बताए। कतिपय युवा पढाइ बीचमै छाडेर रोजगारीको लागि विदेश जाने सोच बनाएर राहदानी बनाउन आएको बताउँछन्। स्थानीय धर्मचन्द्र बुढा स्नातकमा अध्ययनरत छन् ।

तर, उनको परिवारसित थप पढाउन पैसा नभएकाले पढाइ छाडेर विदेश जाने तयारीमा छन्।राहदानी बनाएर रोजगारीका लागि विदेश गई परिवार पाल्ने सोच बनाएको उनको भनाइ छ।म त विदेश जाँदैछु,’ अर्का स्थानीय बुढाले भने।स्वदेशमै ,राम्रै कमाइ हुन्थ्यो तर,’‘भनेजस्तो काम नै पाइँदैन । नेपालमा बसेर केही हुँदैन ।

विदेश गएर दुई÷चार वर्ष दुःख गर्छु,’ उनले निराशा व्यक्त गरे, ‘बरु, पछि फर्केर आफ्नै व्यवसाय गर्ने सोचिरहेको छु ।झधर्मचन्द्र नेपाली समाजको एउटा आम पात्र हुन् । हरेक युवाको मुखबाट उनिहरुकै जस्तो जवाफ निस्किन्छ, ‘देशमा कामै पाइँदैन, पाए पनि भनेजस्तो हुँदैन ।
काम ग¥योग¥यो सुको बच्दैन ।

विदेश गएर दुई ÷चार वर्ष दुःख गरे पाँच ÷छ लाख त कमाइन्छ ।यता राहदानी शाखा प्रमुख नरबहादुर बुढा अनुसार’जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार ०८०÷८१ को चालू आर्थिक वर्षको हालसम्म २ हजार ८ सय २४ जनाले राहदानी फाराम भरेका छन्।जसमध्ये १ हजार ७३ जनाले राहदानी बनाएका छन् भने,१ हजार ७ सय ५१ जनाले विद्युत्तिय राहादानी लिइएका छन्।आर्थिक बर्ष २०७७÷७८ मा प्रशासन कार्यालयबाट ३ सय ३६ जनाले राहदानी बनाएका थिए्।यस्तै,आर्थिक बर्ष २०७८÷७९ मा समेत ४ सय १० जनाले राहदानी लिए ।

स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेका हुन् ।राहदानी बनाउनेको संख्या बढ्नुको एउटा प्रमुख कारण देशमा रोजगारीको अवसर नपाएपछि विदेश जाने तयारीका लागि पनि हो।, ‘विदेश (तेस्रो मुलुक) मात्रै नभइ जुम्लाका धेरै युवा रोजागारीका लागि भारत जाने गर्छन् ।’ उनले भने्, ‘रोजगारीकै लागि हजारौं युवाहरू विदेशिन बाध्य भएका छन् ।

स्थानीय सरकारहरूले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको छ ।’ स्थानीय सरकार देखि केन्द्र सरकारले विदेश पलायनबाट रोक्न निर्वाचन घोषणापत्र नसमेटेर एजेन्डा नबनाईका पनि होइनन्।तर,घोषणापत्रमा सिमित हुन्छन् ।

जुम्लामा दुई हजार बढी युवाले बनाए राहदानी

बुर्का फालेर समाज परिवर्तनको अभियानमा ‘नजबुल’

जुम्लामा दुई हजार बढी युवाले बनाए राहदानी

पातारासी–५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणाको