मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। यही भदौ २८ गते शुक्रबारका लागि तय गरिएको निर्वाचन उच्च अदालतमा विद्यार्थीहरूले मुद्दा हालेपछि स्थगित गरिएको हो ।

साइन्स एण्ड टेक्नोलोजी डिपार्टमेन्टका छैटौँ सेमेस्टरका विद्यार्थीहरूले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको अन्तिम नामावलीमा आफूहरूको नाम नराखिएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। विद्यार्थी रञ्जित बिक लगायतका समूहले पनि मतदान गर्न पाउनुपर्ने माग गर्दै रिट दर्ता गराएका हुन्। स्ववियु निर्वाचन अधिकृत त्रिभुवन बिसीले अदालतबाट स्टे अर्डर आएको पुष्टि गर्दै आगामी असोज ६ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए। यद्यपि, उनको भनाइमा पत्र भने अझै प्राप्त भइसकेको छैन।

मध्यपश्चिम विश्वविद्यालयमा साउन ३१ गतेदेखि स्ववियु निर्वाचनको प्रक्रिया सुरु भएको थियो। निर्वाचन अधिकृतको कार्यालयले भदौ ५ गते अन्तिम मतदाता नामावली प्रकाशित गरेको थियो, जसमा केही विद्यार्थीको नाम छुटेको विषयमा असन्तुष्टि व्यक्त गरिएको थियो। अब असोज ६ गतेको छलफलपछि निर्वाचन प्रक्रिया अघि बढ्ने वा अन्य कुनै निर्णय हुने विषयमा स्पष्टता आउने अनुमान गरिएको छ।

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

कार्यान्वयन नहुने मानसिक उपचार नीति, उपचार गर्ने

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

This will close in 0 seconds