शिवजीको मूर्ति बोकेर सुरक्षाकर्मीसहित चैनवासी लागे छायाँनाथ धाम तिर्थ


विश्वका चार धामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ ।

सोमवार छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ति पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मी सहित मुगूमकार्मारोङ गाउँपालिका तथा साबिकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धामको तीर्थयात्रा सुरु भएको हो ।

हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्यूको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिए सँगै छायाँनाथ धाम तीर्थ यात्रा सूरु भएको मानिन्छ ।

सोमबार लगिएको शिवजीको मूर्ति जनै पूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगु लगायत, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन् ।

जनैपूर्णिमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न देशका विभिन्न जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी सनद कुमार हमालले बताए ।

महादेवले सतीदेवीको शवलाई घुमाउँदै लैजाने क्रममा छायानाथ पुग्दा सतीदेवीको अन्तिम शेष छायानाथमा पतन भएकाले विश्वका चारवटा धाम मध्य छायानाथलाई जेठो धामका रुपमा मानेर देश भरिका हिन्दु धर्मालम्वीहरुले साउन शुक्ल पूर्णिमाका बेला दर्शन गर्न आउने, पाप कट्टा हुने र मनले सोचेको कुरा पुरा हुने विश्वासले छायानाथ दर्शन गर्न पुग्ने गरेको पुजारीहरूको भनाई छ ।

छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्ट, माला पवित्र बनाउन जाने गरेका छन् । विश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ विश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ ।

बिहीबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि पूर्णिमाको पछिल्लो दिनमा फर्किने गर्दछ । यसैबीच, भोलि नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल रिणमोक्ष मन्दिरमा पनि छायाँनाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तिर्थालुहरु जाने भएका छन् । त्यहाँ पनि मुगु लगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गरी आउने गर्दछन्।

शिवजीको मूर्ति बोकेर सुरक्षाकर्मीसहित चैनवासी लागे छायाँनाथ धाम तिर्थ

पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा

शिवजीको मूर्ति बोकेर सुरक्षाकर्मीसहित चैनवासी लागे छायाँनाथ धाम तिर्थ

शेयर बजारमा ऐतिहासिक कारोबार

This will close in 0 seconds