पञ्चपुरीले भन्यो भुलवस बेरुजु सम्परिक्षण भएन

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले भुलवस नगरप्रमुखसहित नौ जनाको नाममा बेरुजु देखिएको जनाएको छ । महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८०  काे प्रतिवेदनमा औल्याइएको बेरुजु सम्वन्धमा युगआह्वान राष्ट्रिय दैनिकमा समाचार प्रकाशन भएपछि नगरपालिकाले ध्यानाकर्षण भएको जनाएकाे छ ।

‘जनप्रतिनिधीको हकमा कर्णाली प्रदेश सरकारद्वारा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धी कानुनमा संशोधन र एकिकरण गर्न बनेको ऐन २०७७ अनुसार सेवा सुविधा भुक्तानी भएको र भुक्तानी लेखांकन गर्दा बैठक भत्ता र अन्य तोकिएको सेवा सुविधाहरु एउटै भरपाइ तयार गरी भुक्तानी गर्दा भुलवस एकमुष्ठ एक प्रतिशत सामाजिक सुरक्षा कर कट्टी हुन गएको र उक्त बैठक भत्ता वापत कट्टी गर्नुपर्ने १५ प्रतिशत पारिश्रमिक कर २०८० फागुन महिनाको सम्पुर्ण जनप्रतिनिधि सेवा सुविधावाट कट्टी गरि प्रतिकृयाबाट वेरुजु सम्परिक्षणको लागि पठाइएकोमा भुलवस नगर प्रमुखज्यू सहित नाै जनाको बेरुजु सम्परिक्षण नभएकोले बेरुजु असुल उपर भैसकेको तर सम्परिक्षणको क्रममा भएको कुरा जानकारीको लागि अनुरोध छ,’ नगरपालिकाले एक सूचना जारी गर्दै भनेको छ ।

समाचारमा प्रकाशित अन्य विषयहरुमा कार्यालयको कार्यसम्पादन विगत वर्षहरु भन्दा सरल, सहज, पारदर्शी र सुविधायुक्त बनाइएको छ, विगत वर्षहरु भन्दा वेरुजु तुलनात्मक रुपमा घटेको छ, म.ले.प.को कार्यालयले दिएको सुझावहरु कार्यान्वयनमा रहेको समेत नगरपालिकाले भनेकाे छ । साथै बेरुजु सम्परिक्षण तर्फ नियमानुसार प्रक्रिया अगाडी वढिसकेको नगरपालिकाले जनाएको छ ।

युगआह्वान दैनिकले कर्णालीका सबै स्थानीयतहरुमा महालेखापरिक्षकका प्रतिवेदनमा औल्याइएका त्रुटि उपर रचनात्मक सुझावसहित समाचार सामाग्री प्रकाशन/प्रशारण गर्दै आएको छ । आम जनप्रतिनिधि र कर्मचारीमा यस दैनिकले प्रकाशन/प्रशारण गर्दै आएका महालेखाका प्रतिवेदनमा आधारित समाचार सामाग्रीमा व्यक्तिगत र राजनीतिक प्रतिशोध साध्ने खालका धारणा बनाई दैनिकसँग आवद्ध पत्रकारहरुलाई केही जनप्रतिनिधि र कर्मचारी हतोत्साहित बनाउने क्रियाकलापमा संलग्न रहेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । प्रकाशित समाचार सामाग्रीलाई रचनात्मक सुझावका रुपमा लिदै सुशासनको प्रत्याभुतिसहितको आर्थिक मितव्यीता कायम गर्दै जनअपेक्षा अनुसार विकास निर्माणका क्रियाकलापमा तिव्रता दिनतर्फ ध्यान केन्द्रित गराउन युगआह्वान राष्ट्रिय दैनिक सबैमा अनुरोध गर्दछ ।

पञ्चपुरीले भन्यो भुलवस बेरुजु सम्परिक्षण भएन

YUGAAWHAN NATIONAL DAILY (2081-03-27)

पञ्चपुरीले भन्यो भुलवस बेरुजु सम्परिक्षण भएन

चुहिने छानोमा कष्टकर राउटेको बास

This will close in 0 seconds